धरान  / धरान उपमहानगरपालिकाको उपमेयरसहित ४४ भन्दा बढि जनप्रतिनीधिहरुले राजीनामा दिएका छन् ।  शनिवार र आइतबार गरि विभिन्न वडाका वडाध्यक्ष, सदस्यहरुले राजनीनामा दिएका हुन ।

नेकपा एमाले केन्द्रीय सचिवालय कमिटीले मेयरको उम्मेद्वार हालकी उपमेयर मञ्जु भण्डारीलाई बनाउने निर्णय गरे पछि उहाँले आज पदबाट राजिनामा दिनु भएको हो ।  

उहाँले मेयर तिलक राई समक्ष आफ्नो राजिनामा पत्र बुझाउनु भएको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन बहालवालाहरुले राजीनामा लिनु पर्ने प्रावधान अनुसार उहाँहरुले राजीनामा दिनु भएको हो । 

धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार वडा नं. १, ४, ५, ७, ९, १३, १४, १५, १७, १८, १९ वडा अध्यक्षसहित अधिकांश सदस्यहरुले राजीनामा बुझाउनु भएको छ । 

भोली पनि राजीनामा दिन सकिने अधिकृत पौडेलले बताउनु भयो ।

उम्मेदवारी दर्ता गर्दा जनप्रतिनिधिहरुले राजिनामा दिएको निस्सा पेश गर्नुपर्ने बाध्यकारी प्रावधान निर्वाचन आयोगले बनाए पछि आकाक्षीहरुले धमाधम राजीनामा गरेका हुन । मेयर तिलक राईसमेत मेयरका आकाक्षी हुन । तर उहाँको अहिलेसम्म मेयरमा टिकट पाउने निर्णय भइसकेको छैन् । सोमबारदेखि लागु हुने गरि पनि राजीनामा दिने सकिने अधिकृत पौडेलले बताउनु भयो ।