धरान / धरान उपमहानगरपालिकाको मेयरमा हालकी उपमेयर मञ्जु भण्डारीलाई उम्मेदवार बनाउने नेकपा एमालेले निर्णय गरेको छ । यस्तै इटहरी उपमहानगरको मेयरमा नेकपा एमाले नगर अध्यक्ष यमकुमार सुब्बालाई बनाउने पार्टीले निर्णय गरेको छ । 

शनिबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले धरानको मेयरमा भण्डारी र उपमेयरमा पदम लिम्बुलाई बनाउने निर्णय गरेको हो । मेयरका उम्मेदवार भण्डारी एमाले केन्द्रीय सदस्य हुनु हुन्छ । एक बर्ष कार्यवहाक मेयरसमेत चलाउनु भएको छ । यस्तै, उपमेयरका उम्मेदवार लिम्बु एमाले जिल्ला कमिटी सदस्य तथा पेसालले अधिवक्ता हुनुहुन्छ । 

त्यसैगरी इटहरीको मेयरमा याम सुब्बा र उपमेयरमा सङ्गीता चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बराहक्षेत्र नगरपालिकाको मेयरमा हालका मेयर निलम खनाल र उपमेयरमा नन्दकुमारी राईलाई उम्मेद्वार बनाउने निर्णय भएको पार्टीले जनाएको छ । यस्तै इनरुवा नगरपालिकाको मेयरमा सरोज पोखरेललाई उम्मेद्वार बनाउने भएको छ । 

बैशाख ३० गते हुने निर्वाचनका लागि आज उम्मेद्वारहरुको मनोनयन हुने छ ।