धरान / बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेद्वारलाई विजयी गराउन नेकपा एमालेले धरानमा ११ हजार २८६ जनाको निर्वाचन परिचालन मुल कमिटी घोषणा गरेको छ । यो जम्वो टोली २०४८ सालदेखि धरानमा किल्ला कायम गरेको एमालेको साँख जोगाउन बनाइएको हो ।

एमालेले शुक्रबार धरान १५ स्थित चुम्लुङ हिममा कार्यक्रम गर्दै नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा पुराना बौद्धिक नेता मुरारी सुवेदीको संयोजकत्वमा   निर्वाचन परिचालन मुल कमिटी बनाएको हो । कमिटीको सहसंयोजकमा धरानमा रहेका मुख्य नेताहरु मनोजकुमार मेन्याङ्बो, विजय राई, रमेशकुमार बस्नेत, जयकुमार राई, प्रकाश राई र रामकुमार आङ्बोहाङलाई तोकिएको छ ।  कमिटीको सदस्य सचिवमा धरान नगर इञ्चार्ज नारायण सुवेदी र नगर अध्यक्ष हर्कजंग एभेङलाई जिम्मेवारी दिइएको छ । 

पूर्वमा बामपन्थी गढको रुपमा चिनिएको धरान उपमहानगरमा नेकपा एमालेका लागि ठूलो प्रतिष्ठाको विषय बनेको छ । २०४८ सालदेखि बामपन्थीले जित्दैं आएको धरान एमालेको लालकिल्लाको रुपमा चिनिएको थियो । तर पछिल्लो २०७६ सालको उपनिर्वाचनमा नेपाली कांग्रेसले लालकिल्ला तोकिएको थियो । स्थानीय तहको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईले एमालेलेको लालकिल्ला भत्काए पछि यस पटक लालकिल्ला फर्काउन एमालेलाई प्रतिष्ठानको विषय बनेको छ । माओवादी र एमाले एक भएको बेला १६ हजार मतान्तर हुदा राईले बामपन्थी उम्मेद्वार प्रकाश राईलाई २ हजार ७९५ मतले हराएर ‘लालकिल्ला’ तोडिदिनु भएको थियो ।  तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई हराउदा तिलक राईले २६ हजार ७ सय ९ मत ल्याउनु भएको थियो । प्रकाश राईले २३ हजार ९ सय १४ मत मात्र पाउनु भएको थियो । 

०४६ सालको जनआन्दोलन पछि ०४८ र २०५४ सालमा भएको निर्वाचानमा वामपन्थी उमेदवार नै मेयरमा निर्वाचित भएका थिए । ०४८ मा ध्यानबहादुर राई, २०५४ मा मनोज मेन्याङ्बोले जित्नु भएको थियो । उहाँ दुवै जना एमालेबाट चुनाव जित्नु भएको थियो । वामपन्थी जितलाई निरन्तरता दिदैं   ०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका तारा सुव्वा मेयरमा र उपमेयरमा मञ्जु भण्डारीले  एमालेबाट जित्नु भएको थियो । 

द्यलित महिला र उत्पिडनमा परेका समुदायलाई वाईपास गर्ने गरि कांग्रेस। माओवादीलगायत दलहरुको अपवित्र गठबन्धनलाई परास्त गर्न एमाले एक भएर निर्वाचनमा होमिएको संकेत आजको घोषणासभाले सन्देश दिएको कार्यक्रमकी प्रमुख अतिथिसमेत रहनु भएकी नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीले बताउनु भयो । ‘हामी हाम्रो विरासत फर्काउछौं । त्यसका लागि धरानमा केन्द्रदेखि टोल कमिटीसम्म रहनु भएका सबै कमरेडहरु निर्वाचन परिचालन कमिटीमा रहनु भएको छ ।’–नेता सुवेदीले भन्नु भयो । उहाँले एमालेको नेतृत्वमा धरानमा भएको विकास निर्माणको फेहरिस्त पनि सुनाउनु भयो । 

एमाले धरानका अध्यक्षसमेत रहेका निर्वाचन परिचालन मुल कमिटीका सदस्य सचिव एभेङका अनुसार कमिटीमा धरानभित्र रहेका प्रदेश कमिटीका ३२ जना र जिल्ला कमिटीका ३० जना सदस्यहरु सबै रहनु भएको छ ।  धरान उपमहानगर कमिटीका  २८५ जनालाई पनि राखिएको छ । यस्तै, धरानभित्र रहेका जिल्ला विभाग र जिल्ला सल्लाहकार सबै गरि १ सय ५० जना पनि मुल कमिटीमा छन् । यस्तै सबै जनसंगठनहरुको धरान नगर कमिटी र त्यसमाथिका नगर भित्रका सबैलाई मुल कमिटीमा समेटिएको छ । समितिमा टोल कमिटी पनि समेटिएको छ । 

धरान क्षेत्रमा रहनु भएका सबै नेता र्काृकर्ताहरुलाई जिम्मेवार बनाउन ठूलो टिम बनाइएको परिचालन कमिटीका संयोजक मुरारी सुवेदीले बताउनु भयो ।

एमालेको उम्मेद्वारको टुङ्गो भने लागेको छैन् । शुक्रबार साँझ वा शनिवारसम्ममा टुङ्गो लागे पछि सबै नेता कार्यकर्ताहरु टोलटोलमा परिचालित हुने धरान नगर इञ्चार्ज नारायण सुवेदीले बताउनु भयो । प्रदेश कमिटीले धरान उपमहानगरको मेयरका लागि केन्द्रीय सदस्य तथा हालकी उपमेयर मञ्जु भण्डारी, पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्वो, विजय राई र मोती सुनुवारलाई सिफारिस गरेको छ । यता गठबन्धनबाट कांग्रेसको भागमा मेयर र माओवादी केन्द्रको भागमा उपमेयर परेको छ । 

धरानको कुल मतदाता १ लाख ३ सय २४ जना रहेका छन् । बढीमा ७० प्रतिशत मत खसेमा मेयर पद जित्नेले धरानमा करिव ४० हजार मत ल्याउनु पर्ने हुन्छ । 

May be an image of 1 person, sitting and standing