धरान  /  काठमाडौं र अष्टेलियाको विभिन्न शहरमा सेवा दिदैं आएको वालाविज एजुकेशन कन्सल्टेन्सीको  पाचौ शाखा  धरानमा खुलेको छ ।  धरान १० स्थित पुतली लाइनमा स्थापना भएको वालाविज एजुकेशन कन्सल्टेन्सीको मंगलबार  उद्घाटन गरिएको हो । 

 कन्सल्टेन्सीको उदघाटन संचालकद्वय बिजय तामाङ्  र दिलिप तामाङको परिवारले रिवन काटेर संयुक्त रुपमा गर्नु भयो । 

विद्यार्थीहरुलाई कोर्ष छनोट ,कलेज छनोट ,एप्लिकेशन प्रोसेसमा गाइडेन्स , फाइनान्सियल म्यानेज्मेन्ट, भिजा प्रोसेसिङ र नेपाल बाट धेरै विद्यार्थीहरु अस्ट्रेलिया  गएपछी त्यहा आउने चुनौतीहरुको बारे धरान मै परामर्श दिएर। वालाविजले पठाउने संचालक दिलिप तामाङले  जानकारी दिनुभयो । अस्ट्रेलिया र युकेका लागी बिशेष फोकस गरेर बालाविज शुरु गरिएको उहाँल ेबताउनु भयो । 

सोमबार अष्टे«लियाबाट आउनु भएको विज्ञ कुमार चापागाईले सेमिनारमा विद्यार्थीहरुलाई परामर्श दिनु भएको थियो । 

 एक बर्ष अघी अस्ट्रेलियामा स्थापना भएको वालाविज एजुकेशन कन्सल्टेन्सीले  विदेशी शिक्षामा नेपालका अग्रणी परामर्शदाता र हजारौं विद्यार्थी अस्ट्रेलिया र युके पठाइ सकेको उहाँले बताउनु भयो । ५  महिना अघी मात्र काठमण्डौमा स्थापना भएको वालिविज अहिले महेन्द्रनगर बुटवल लगायत नेपालका प्रमुख शहरहरुमा स्थापनाको तयारी गरिएको छ । 

 अष्ट्रेलियामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुले  वालाविज  एजुकेशनल कन्सल्टेन्सीले आवश्यक सबै जानकारी प्रदान गर्ने धरान शाखाका काउन्सिलर मेहरमान ह्युजले जानकारी दिनुभयो । ह्युजका अनुसार  अष्ट्रेलियाका विश्वविद्यालयहरू, प्राविधिक कलेजहरू, निजी शिक्षा प्रदायकहरू सँग सम्बन्ध राख्न  र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि उपलब्ध अस्ट्रेलियाली योग्यताहरू बारे जानकारी सहितको सेवाहरु वालाविजले दिनेछ ।  कागजात, भिसा र आवास, र विद्यार्थीहरुको    विदेश क्यारियर उत्थानको लागि कुनै अन्य निर्देशनहरूमा पूर्ण रूपमा सहयोग गर्ने छ । वालाबिजले  माइग्रेसन अस्थायी स्नातक भिसा,पार्टनर भिसा,स्थायी भिसा,आगन्तुक भिसा,दक्ष प्रवास,रोजगारी माइग्रेसन भिसा लगायतको काम गर्ने बताइएको छ ।