धरान / बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट हालसम्म ६ वटा वडामा वडाअध्यक्षको उम्मेदवार सर्वसम्मत सिफारिश हुने भएका छन् । 

 गठबन्धन हुने भए पनि छ वटा वडाहरुमा भने कांग्रेसले लिने गरि उम्मेद्वारी सर्वसम्बत बनाएको छ । कांग्रेसका नगर सभापति श्याम पोखरेलले ६ वटा वडाबाट सर्वसम्मत वडाअध्यक्षको उम्मेद्वार सिफारिश भएको बताउनु भएको छ । 

 वडा नं २ बाट सुधिरसिंह लिम्बुलाई वडाअध्यक्षमा उम्मेद्वार बनाउन सर्वसम्मत सिफारिश भएको छ । यस्तै, वडा नं ३ मा विद्या शाक्य, वडा नं ५ मा सन्तोष लिम्बु, वडा नं ९ मा रुपेश आचार्य, वडा १३ मा पेम्बा तामाङ र वडा नं १८ मा नरेन्द्रकुमार राई (प्रविण) वडाअध्यक्षको उम्मेद्वारको लागि सर्वसम्मत सिफारिश हुनु भएको छ । यी मध्ये वडा नं ५ का लिम्बु र वडा नं १८ का राई २०७४ को निर्वाचनमा विजयी भएका वहालवाला वडाअध्यक्ष हुन् । ९ नं. बाट सर्वसम्मत हुनु भएका रुपेश अघिल्लाे निर्वाचनमा ५९ मतले एमालेका उम्मेद्वार रत्न कट्वालसँग पराजित हुनु भएको थियो ।

अन्य वडाहरुबाट भने आकाक्षीहरु धेरै देखिएको बताइएको छ ।  वडा नं १ मा २३ जना वडाअध्यक्षका आकांक्षी वडाबाट सिफारिश भएको बताइएको छ । सर्वसम्मत भएका वडाहरु कांग्रेसले नै लिने गरि उम्मेद्वारी छनोट गरिएको बताइएको छ । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले १, २, ५, १४ र १८ नं. वडामा जितेको थियो । १७ नं. वडामा माओवादीले जितेको थियो बाँकी वडाहरु एमालेले जितेको थियो ।

आज गठबन्धनमा कसरी जाने भन्ने विषयमा टुङ्गाउने गरि बैठक बस्नेत तयारी भएको सभापति पोखरेलले जानकारी दिनु भयो । ‘दिउसो १२ बजेसम्म गठबन्धन गर्ने, नगर्ने र कसरी निर्वाचनामा जाने भन्ने विषय टुङ्गोमा पु¥याउछौं ।’–पोखरेलले भन्नु भयो ।

आइतबार ५ दलिय गठबन्धनको बैठक बसेको थियो । मेयर माओवादी र उपमेयर जनता समाजबादीले दावी गरे पछि सहमति जुटेको थिएन । का‌ंग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङका अनुसार धरानमा नेकपा माओवादीले मेयर र ८ वटा वडामा दाबी गरेको छ । माओवादीले वडा ३, ४, ५, ११, १५ र १६ मा दाबी गरेको बताइएको छ । 

नेकपा एकीकृत समाजवादीले पनि वडा ४, ५, ६, ११, १५ र १५ मा दाबी गरेको छ । जनता समाजवादी पार्टीले उपमेयरमा र वडा ११, १५, १६ मा पनि दाबी गरेको छ । राष्ट्रिय जनमोर्चाले पनि वडा ४ र ५ मा दाबी गरेको छ ।