धरान /  पछिल्लो समय पूर्वमा विद्यार्थीहरुमा बढ्दै गरेको वैदेशिक शिक्षा प्रतिकाे आकर्षणलाई मध्यनजर गर्दै धरानमा नयाँ शैक्षिक परामर्श सेवा केन्द्र(कन्सल्टेन्सी) खुलेको छ ।  धरान-९ स्थित पुलती लाइनमा वालाविज(WALLABIES) नाम गरेको बैदेशिक्क शिक्षा परामर्श केन्द्र खोलिएको हो । 

लामो समय अष्ट्रेलिया बसेर धरान फर्कनु भएका युवा विजय तामाङ र दिलिप तामाङ मिलेर शैक्षिक परामर्श केन्द्र खालिएको हो । धेरैजसो विद्यार्थीहरु बैदेशिक्षक शिक्षाका लागि काठमाडौ धाउदैं आएका छन् । पूर्वका विद्यर्थीहरुलाई काठमाडौं जानबाट रोक्न स्तरिय शैक्षिक परामर्श केन्द्र स्थापना गरिएको वालाविज कन्सल्टेन्सीका निर्देशक दिलिप तामाङ बताउनु हुन्छ ।  

विशेष गरि यहाँ अङग्रेजी भाषाको कक्षाहरुलाई प्रभावकारी रुपमा चलाईएको छ । पूर्वका सहरहरु मध्येबाट वैदेशिक अध्ययनका लागि अष्ट्रेलिया, क्यानाडा, युके, अमेरिका लगायत विभिन्न देशहरु जाने विद्यार्थीको संख्या धरानमा उल्लेखनिय रुपमा बढ्दै गएको छ । धरान एउटा शैक्षिक हव भएकाले यहाँ सबैखाले विषयको अध्ययनका लागि आफुहरुले कन्सन्टेन्सी स्थापना गरिएका वालाविजका निर्देशक दिलिप तामाङले बताउनु भयो । उहाँहरुलाई सहज रुपमा बैदेशिक यात्रामा पठाउन हाम्रो भूमीका हुने छ । 

आधुनिकिकरणले गर्दा विद्यार्थीहरु नौला विषयहरुमा बढी आर्कषित हुने गरेको र त्यसता विषयहरुको अध्ययनका लागि विदेश जानु बाहेक कुनै विकल्प नरहेको पनि विद्यार्थीहरु बताउछन । आईटी, पर्यटन, चलचित्र, पाईलटिङ जस्ता विषयहरुको अध्ययन नेपालमा सम्भव नभएको कारणले पनि विद्यार्थीहरुको रोजाईमा वैदेशिक शिक्षा पर्न गएको हो । 

 नेपालका विश्व विद्यालयहरुमा भएको व्यवहारिक ज्ञानको अभावलाई वैदेशिक शिक्षाले पुरा गर्नेछ । वैदेशिक शिक्षामा जाने विद्यार्थीहरुले विदेशको विकास र परिवर्तनबाट पनि धेरै कुरा सिक्न सक्नेछन् र यहाँ लागु गर्ने  उहाँहरुकाे विश्वास रहेकाे छ ।

वालाविज धरान सँगसँगै काठमाडौं,  अष्ट्रेलियाको राजधानी क्यान्वेरा र तज्मानिया स्टेट लयालगायत स्थानमा समेत सेवा दिइरहेको छ । 

वालाविजले सोमबार धरानमा अष्ट्रेलियाका लागि निशुल्क सेमिनारको आयोजनासमेत गदैंछ । अष्ट्रेलियामा पाँच बर्ष काउन्सेलिङको काम गर्नु भएका विज्ञ कुमार चापागाईले विद्यार्थीहरुलाई अष्ट्रेलियाका कलेज तथा त्यहाँको शैक्षिक अवस्था र बैदेशिक शिक्षाका लागि जना सहजताबारे जानकारी गराउने कार्यक्रम रहेको आयोजकले जनाएको छ । सोमबार धरानमा हुने सेमिनार विद्यार्थीहरुका लागि उपयोगि हुने निर्देशक तामाङले बताउनु भयो ।