धरान  / इसाईहरूको दोस्रो महान पर्व ईस्टर्न सण्डे नेपालमा पनि आज आइतबर नेपाली इसाईहरूले मनाएका छन् । देशभरि बिभिन्न कार्यक्रमको आयोजना गरि ईस्टरको शुभकामना आदानप्रदान गरिएको छ । धरानमा पनि धरान ख्रीस्टीयन समाज र धरान पास्टर तथा अगुवा संघको आयोजनामा एक कार्यक्रमको आयोजना गरिएको थियो । 

येशु शान्तिदाता हुन, विश्वलाई शान्तिको खाँचो छ , मानव मुक्ति येशुमा छ भन्ने उदघोष गर्दै सभाका बक्ताहरूले धरान जीवित सहर भएकै कारण यहाँ धार्मिक , पर्यटन, व्यापार, शिक्षा, श्वास्थ्य खेलकूदको हब बनाउन सबैको पहल र तदारुक्ता हुनपर्ने र धरानलाई जीवित र समृदशिल शहर बनाउन अन्य धेरै आयामहरू भित्रयाउन सकिने सम्भावना रहेको बताउनु भएको थियो ।


उहाँहरुले  धरान घोपा बचाउ अभियानमा समुदायको एक्यबदता रहेको र प्रतिष्ठान भित्रका सबै प्रकारका अनियमितता, कमिसन र भ्रष्टाचार जस्ता कुराहरूको अन्त्य गरि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र सिंगो राष्ट्रकै गौरव बनाउन सबैले पहल गर्नुपर्ने बताउनु भयो । 

No description available.

ईस्टर सण्डे इसाईहरूको दोस्रो महानपर्व भएकोले उक्तदिन राज्यले बिना भेदभाव सार्वजनिक बिदा दिनु पर्ने इसाई समाजका केन्द्रीय सचिव कुबेर गुरुङले बताउनु भयो । अल्पसंख्यक धार्मिक समुदाय खासगरि इसाईहरूलाई दमन गर्न ल्याइएको धर्म सम्बन्धी बिभेदकारी क़ानून हटाउन केन्द्रीय कोषाध्यक्ष हिमाल राईले  पनि उहाँले माग गर्नु भयो । 

 ख्रिष्टिय समाज तथा धरान पास्टर अगुवा संघको आयोजनामा धरानभरिका चर्चहरूको प्रतिनिधित्व गर्दै धरान ८ एलोहिम चर्चबाट सुरु भएको र्याली किरात चोक, शैनिक चोक, चतरालाइन, छाताचोक हुदै भानुचोकको लोकतान्त्रिक चौतारीमा आएर सभामा परिणत भएको थियो ।

सभामा समाजका केन्द्रीय अगुवाहरू गुरुङ, हिमाल जोशेफ राईका साथै धरान ख्रिस्टीय समाजका अध्यक्ष शिब कुमार राई, संघका अध्यक्ष डा जीबनदीप सुब्बा त्यसैगरि मनी गुरुङ लगायतले सम्बोधन गर्नु भएको थियो । युवा समूहले गीत प्रस्तुत गर्नु भयो । 

धरानमा करिब ७५ वटा सानाठूला चर्चहरूमा करिब १५ हजार इसाई मत मान्ने मानिसहरू छन । देशभरि करिब १५ लाख इसाईहरू रहेको गुरुङले बताउनु भयो ।

No description available.