सुनसरी / नेपाल प्रेस युनयिन सुनसरी शाखाले रु पाँच लाखको अक्षयकोष स्थापना गरेको छ ।
शाखाले एसजी अर्गनाइजेशनसँगको समन्वयमा सो राशी बराबरको अक्षयकोष स्थापना गरेको हो । अक्षय कोषका लागि शाखाका सभापति वन अधिकिरी र अर्गनाइजेशनका तर्फबाट अध्यक्ष शवि घिमिरेले साझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
शाखाले सो कोषमार्फत प्रत्येक वर्ष सुनसरीमा कार्यरत एक पत्रकारलाई रु ५१ हजार १०० राशकिो र सोही संस्थासँगको सहकार्यमा प्रत्येक वर्ष राष्ट्रियस्तरमा कार्यरत एक पत्रकारलाई रु एक लाख एक हजार राशीकाे गोविन्द खेमकुमारी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने अध्यक्ष अधिकारीले जानकारी दिनु भयाे ।
व्यवसायी घिमिरेले आफ्ना बुबाआमाको स्मृतिमा युनियनसँगको सहकार्यमा सो कोष स्थापना गर्नुभएको हो ।