धरान । बराहक्षेत्र ८ चकरघट्टीकी गीता तामाङले सुजुकीको स्कुटी किन्दा नगद उपहार पाउनु भएको छ ।   शनिवार धरानस्थित नवदुर्गा अटो प्यालेसबाट उहाँले नयाँ मोडल एक्सेस, विएससिक्स, एफआई १२५ सिसिको स्कुटर किन्नु भएको थियो । 

सुजुकीको नयाँ बर्षको अफर अनुसार  स्क्र्याच कार्ड कोर्दा उहाँलाई उपहार स्वरुप ५० हजार हात परेको हो । तत्कालै नवदुर्गा अटो प्यालेस धरानका सञ्चालक दुर्गा भुजेलले  ५० प्रदान गर्नु भएको छ । 

गिताले सोच्दै नसोचेको कुरा अकास्मात पाउदा उहाँ प्रफुल्ल हुनु भएको छ ।  उहाँले नयाँ बर्षमा स्कुटर किन्ने योजना बनाउनु भएको थियो । अन्य स्कुटर भन्दा सुजुकीकै स्कुटर उहाँलाई पहिलादेखि नै चलाउने रहर थियो । त्यही भएर उहाँ नवदुर्गामा स्कुटर किन्न पुग्नु भएको थियो ।  ‘सुजुकीको हरेक मोडल मलाई राम्रो लाग्छ, त्यसमा पनि उपहार पाउदा मलाई झन बढी खुशी लाग्यो ।’–उहाँले भन्नु भयो –‘नयाँ मोडल एक्सेस, विएससिक्स, एफआई १२५ सिसिको स्कुटर राम्रो लाग्यो । यसले तेल पनि राम्रो दिने रहेछ । कुदाउन पनि आरमदायी छ ।’

नवदुर्गा अटो प्यालेसका सञ्चालक भुजेलले सुजुकीको एक्ससेस स्कुटरले प्रतिलिटर ६४ किमी माइलेज दिने बताउनु हुन्छ । उहाँले भन्नु भयो –‘बढी माइलेज दिने भएकैले पछिल्लो समय ग्राहकहरुको रोजाईमा सुजुकीको एक्ससेस स्कुटर परेको छ, सुजुकीको हरेक मोडलमा पाँच बर्षको वारेन्टी समेत रहेको छ ।’

सुजुकीले बजारमा लञ्च गरेका हरेक स्कुटर नयाँ मोडलमा आउने भएकोले पनि सर्वसाधारणको रोजाईमा पनि  सुजुकी नै परेको उनी बताउँछन् । धरानमा सबैभन्दा बढि सुजुकीको स्कुटी खपत हुदैं आएको बताइएको छ ।