धरानमा मनोज कुमार मेयाङ्बोको उपमेयर र मेयरको कार्यकाल प्रत्यक्ष देखेको र धरानलाई स्थानिय विकास र जन सहभागिताको लागी नेपालकै नमुना नगर बनाउँदाको समयको साक्षी भएकोले होला फेरी एकपटक धरानको साख जोगाउन  पनि उनको ‘कमब्याक’ आवश्यक देख्छु । 

किनभने कु-राजनीति, भ्रष्टाचार-कमिशनखोर, मनपरीले डुब्दै गएको घोपा क्याम्प (वीपी प्रतिष्ठान) जोगाउन । सामाजिक अस्तब्यस्तता, दुर्व्यसन र गुण्डागर्दीलाई तह लगाउन, खानेपानीलगायतका समस्याबाट छुटकारा पाउँन र धरानलाई बिकासको सोंच सहितको नयाँ ‘ट्रयाक’मा हिडाउँन मनोज मेयाङ्बो जस्तो हक्की ‘दबङ’ मेयरको पुनरागमन जरूरी छ। 

उपमहानगरका रूपमा फैलिएको धरानमा पछिल्लो १८ वर्षमा धेरै मेयर-उपमेयर आएपनि पुर्व मेयर स्व: ध्यान बहादुर राई र मनोज मेयाङको जस्तो दुरदर्शी सोच र ‘एक्सन’ देख्न सकिएन । अहिलेको दुषित राजनीतिक चलखेलको बीचमा जनताले जुनसुकै पार्टीबाट उठेपनि चुनावमा पार्टी नहेरी ब्याक्ति हेरेर भोट दिन आवस्यक छ । धराने जनताले उनको उपमेयर- मेयर हुदाँका पुराना कामको मुल्याङ्कन गरेर फेरी एकपटक काम गर्ने अवसर दिए धरानले नयाँ स्वरूप र पहिचान पाउँने छ भन्ने लाग्छ ।

धरानलाई दुर्व्यसन मुक्त नगर बनाउँने प्रयास, होस् या हङकङमा बस्ने नेपालीहरूसँग समन्वय गरेर ‘धरान घण्टाघर’ जस्तो स्तम्भ निर्माणगरी भानुचोकको भीड़-भाड हटाउन डोजर लगाएर व्यावस्थित पार्क र अन्यत्र नयाँ बसपार्क बनाउने पहल मेयाङ्बोकै  थियो ।खोलामा टहरा हालेर बस्नेलाई हटाउन खोज्दा ढुङ्गाले लागेर घाईते भएको र गुण्डागर्दी तह लगाउँन आफै सडकमै उत्रने  उनको छवि र असल कामको लागी सबै क्षेत्र-समुदाय-दलसँग मिलेर जानसक्ने ल्याकत अरूमा देखिएन ।

पार्टीले मेयरको टिकट दिएपनि नदिएपनि मनोज मेयाङ्बो फेरी एकपटक धरानको मेयरमा उठेर जितेको देख्न चाहने म जस्ता धेरै छन्। 

मनोज मेयाङ्बोको विगतको कामको आधारमा ‘कमब्याक’ आवस्यक छ भन्दा मैले कुनै पार्टीको वकालत गरेको हैन । राजनैतिक स्वार्थ र पार्टीको चश्मा लगाएर हेर्नेहरूले मेरो यो पोष्टलाई त्यहि रूपमा बुझ्लान तर धरानको हित सोच्ने र पहिले जस्तै हरेक क्षेत्रमा बिकासको लहर देख्न चाहने जो कोहिले पार्टी भन्दा माथी उठेर हेर्न आवश्यक छ। 

फेसबुक वालबाट