धरान / नयाँ बर्ष २०७९ को पहिलो दिन बैसाख १ गतेको साँझ चर्चित गायक राजेश पायल राई धरान -५ स्थित लुकुवा फेमिली रिसोर्टमा आयोजना हुने सांगीतिक कार्यक्रमको लागि धरान आउने हुनुभएकाे छ ।

३ बर्ष पछि सांगीतिक कार्यक्रमको लागि धरान आउन लागेका गायक पायलको यस अघि पौषमा हुने कार्यक्रम कोरोनाको कारणले स्थगित भएको थियो। आफ्नो पहिलो कर्मभुमि धरानमा नयाँ बर्षको पहिलो दिन कार्यक्रम गर्न पाउँदा खुशी लागेको बताउने गायक पायलले कार्यक्रममा डेढ दर्जन बढी आफ्ना नयाँ -पुराना गीतहरु गाएर मनोरंजन दिनुहुने छ ।