धरान / कोरोनाका कारण झण्डै दुई बर्ष रमेर नयाँ बर्ष मनाउन नपाएका धरानेहरुले यस बर्ष नयाँ बर्ष  चर्चित गायिका मेचु धिमालसँग मनाउने भएका छन् । 

उहाँले धरानको पुतली लाइनस्थित कफि पव एण्ड रेष्टोमा आप्mनो लाइभ प्रस्तुतिले संगितका पारखी धरानेहरुलाई मनोरञ्जन दिनु हुने छ । 

      वन्डल एजेन्सि, धरानको इभेन्ट म्यानेजमेन्ट तथा कफि पवको आयोजनामा चैत्र ३० गते न्यु इयर इभ स्पेसल मेचु धिमाल नाइट हुन लागेको हो । सानै देखि कला क्षेत्रमा रुचि राख्ने मेचु धिमाल भोइस अफ नेपाल २०१९ कि टप एटमा पुग्न सफल हुनु भएको थियो । उहाँले अहिले सम्म एक सय ५० भन्दा वढि गित रेर्कड गराइ सक्नु भएको छ । 

     उहाँको डेढ दर्जन भन्दा वढि म्युजिक भिडियो वजारमा आइसकेको छ । यहि महिना मात्र उहाँले भोइस अफ किड नेपालकी पेमादिछेन तामाङ र रुक्साना लिम्वुसँग दुई वटा गित वजारमा ल्याएकी छन । 

    धरान असाध्य मनपर्ने वताउने मेचुको यो तेस्रो पटक धरान आगमन हुने छ ।  न्यु इयर इभ स्पेसल मेचु धिमाल नाइटमा आफ्नो नयाँ पुराना संगै डेढ दर्जन गित गाउने छिन । उहाँको प्रस्तुति पछि पूर्वको चर्चित डिजे तथा कोरियोग्राफर ललित राईको डिजे सेसन रहने इभेन्ट निकेन राईले बताउनु भयो ।