धरान  / नेपाल यातायात स्वातनत्र मजदुर संगठन धरान उपमहानगर कमिटीले धरानको इलाका प्रहरी कार्यालयमा आउनु भएका नयाँ डिएसपीलाई आज स्वागत गरेको छ ।  संगठनको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि डिएसपी बुद्ध श्रेष्ठलाई स्वागत गरेको हो । 

इप्रका धरानमा कायृकाल पुरा नभई डिएसपी नरेन्द्र कुँवरको सरुवा भए पछि श्रेष्ठ आउनु भएको हो । उहाँले संगठनका अध्यक्ष कमल भट्टराईले स्वागत गर्नु भएको छ । यातायात मजदुर प्रहरीका सूचनाको श्रोत र सहयोगी भएकाले मजदुरमैत्री व्यवहार गर्न उहाँले आग्रह गर्नु भयो ।

यस्तै कार्यक्रममा मजदुर संगठनका पूर्व केन्द्रीय अध्यष तथा नेकपा उमाले प्रदेश कमिटी सदस्य भोती सुनुवारले प्रहरीले कुनै राजनीतिक दवाव र प्रभावमा नपरी जनताको काम गर्न सुझाव दिनु भयो । नेकपा एमाले उधरान उपमहानगर कमिटी अध्यक्ष हर्क एभेङले सही तरिकाले जनताको शान्ति सुरषामा अग्रसर भए एमालेले सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा पत्रकार महासंघ  प्रदेश १ समिति सचिव देवेन्द्र कार्कीले प्रहरी प्रशासनको सरुवा नियमित प्रक्रिया भएकाे बताउनु भयाे । नयाँ आउने प्रहरी प्रमुखबाट पत्रकारहरुले समयमा सही सूचनाको अपेक्षा गर्ने बताउनु भयो । सूचना आदन प्रदानमा सहकार्य गदैं धरानमा हुने विशेष अपराधिक गतिविधी नियन्त्रणमा प्रहरीको ध्यान पुग्नु पर्ने बताउनु भयो । 

सोही अवसरमा इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमराज ओली र जिल्ला ट्राफिक प्रहरी इन्स्पेक्टर भुवन खड्कालाईसमेत विदाई गरिएको थियो । ओली तेह्रथुमको बसन्तपुर जानु हुदैंछ भने खड्का संखुवासभा जानु हुदैं छ । 

No description available.