धरान / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ संगठन वाइसिएल नेपालको पाँचौ धरान उपमहानगर सम्मेलनले नविन केसीको अध्यक्षतामा ७९ सदस्यीय नगर कमिटि गठन गरेको छ । सोमबार पहिलो पुर्ण बैठकले अन्य पदाधिकारी चयन गर्ने गरि  बन्दसत्रले अध्यक्ष मात्र टुंगो लगाईएको वाइसिएल नेपालका पूर्व केन्द्रिय सदस्य तथा निर्वाचन युृवा परिचालन समितिका कमाण्डर पूर्ण भुजेल चिन्तनले जानकारी दिनु भयो । 

संगठनको विधान अनुसार १ अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिव, ७ सह–सचिव र १ कोषध्यक्ष सहित १३ सदस्यीय पदाधिकारी रहने उहाँले बताउनु भयो । सोही अवसरमा धरानको सिंहदेवि चौकदेखि युवाहरुको उपस्थितीमा मोटरसाइकल र्याली नगर परिक्रमा गरि कार्यक्रम स्थाल पुगेको थियो । नव निर्वाचित कमिटीलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य किरणकुमार राईले सपथ ग्रहण गराउनु भयो । 

वाइसिएल नेपालको निवर्तमान अध्यक्ष विजय तामाङको अध्यक्षतामा सम्पन्न नगर सम्मेलनमा किरण राई प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा नेकपा(माओवादी केन्द्र) प्रदेश १ सचिवालय सदस्य मुक्सामहाङ मेन्याङ्बो मुकेश, आइन्द्र विक्रम बेघा, प्रदेश सदस्य कमला राई, पुर्ण भुजेल चिन्तन, सावित्रा चौलागाई भुमिकालगायतको उपस्थिति रहेको थियो । यस्तै गरेर पार्टीका धरान नगर अध्यक्ष सुर्य बहादुर भट्टराई मनोज, नगर इन्चार्ज चोत्लुङ, वाइसिएल नेपा केन्द्रिय सदस्य भुवन याक्खा, प्रेस सेन्टर नेपाल केन्द्रिय सदस्य गंगा बरालको पनि उपस्थिति रहेको थियो ।