धरान / नेपाल पत्रकार महासङ्घ सुनसरीको संयोजन,सुनसरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै गरेका पत्रकारहरूका लागि शनिवार धरानमा निःशुल्क स्वास्थ्य परीक्षण तथा भिटामिन डी खोप कार्यक्रम सम्पन्न गरिएको छ । 

 धरानस्थित सौर्य हेल्थ केयर फाउन्डेसन प्रालीको सहयोगमा पत्रकारहरुको स्वास्थ्य परीक्षण गरिएको हो । 

 फाउन्डेसनका अध्यक्ष डा. प्रमोद अग्रवालका अनुसार ३१ जनाले ल्याब परीक्षण, ४५ जनाले भिटामिन डी खोप लगाएका थिए भने ४५ जनाले इसिजी सेवा लिएका छन् । 

धरानमा सञ्चालित सौर्य हेल्थ केयर फाउन्डेसनले पहिलो पटक घरबार विहीन सडक मानवहरूलाई निःशुल्क सेवा दिने साथै स्वास्थ्य सेवाको पहुँचमा नभएका समुदायका लागि सरकारी, गैरसरकारी समूहसँग सहकार्य गरी निःशुल्क प्राविधिक सेवा प्रदान गदैं आएको छ । सामाजिक उत्तरदायित्व अन्र्तर्गत पत्रकारहरुलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको उहाँले बताउनु भयो । ‘अरुको लागि लेख्ने पत्रकार आफ्नो स्वास्थ्यको ख्याल गर्ने समय पाउनुहुन्न । उहाँहरुलाई कुनै रोग नलागोस भनेर मृगौला, मुटको परीक्षण गरिएको छ । उहाँहरुलाई भिटामिन डीको खोप पनि प्रदान गरेका छौं ।’–कोही साथीहरुलाई यि समस्या जटिल भए थप उपचारमा पनि सहयोग गर्ने छौं ।’–अध्यक्ष अग्रवालले भन्नु भयो । 

फाउन्डेसनले सरकारी, गैरसरकारी संस्थाहरू, मेडिकल ननमेडिकल क्षेत्र सँग सहकार्य गरेर स्वास्थ्य परीक्षणको सेवालाई सबैको पहुँचमा पुर्याउने उहाँले बताउनु भयो ।  

धरानमा सञ्चालित सौर्य हेल्थकेयर फाउण्डेशनले पहिलो पटक धरबार विहीन सडक मानवहरुलाई निशुल्क सेवा दिने साथै स्वास्थ्य सेवाको पहुँचमा नभएका समुदायका लागि सरकारी, गैरसरकारी समुह संग सहकार्य गरि निःशुल्क प्राविधिक सेवा प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । लाइफ प्रोजेक्ट नामाकरण गरिएको योजनाको उदेश्य पहुँच नभएका समुदायलाई निशुल्क स्वस्थ्य सेवा उपलव्ध गराउने बताएकाे छ ।

May be an image of 9 people and people standing

स्वास्थ्य सेवालाई सर्वोत्तम सामाजिक कार्यको रूपमा स्थापित गर्न फाउन्डेसनले सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान गर्दै आएका युवालाई प्रोत्साहित गर्न प्रत्येक वर्ष ‘सौर्य यूथ अवार्ड’ प्रदान गर्ने भएको छ ।

स्वास्थ्य शिविरकै अवसरमा फाउन्डेसनले यासपाली उक्त अवार्ड धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहतलाई प्रदान गर्ने घोषणा गरेको छ ।

मेहेतालाई धरानमा कोरोना महामारीका बेला जनचेतना, कोभिड रोकथाम भ्याक्सिन अभियानमा महत्त्वपूर्ण योगदान पुर्‍याएकोमा  अवार्ड प्रदान गरिने भएको अध्यक्ष अग्रवालले बताउनु भयो ।  कार्यक्रममा सौर्यका प्रबन्ध निर्देशक डा। मनिता अग्रवाल, प्रबन्धक लुइसजेम्स राईले कम्पनीले दिदैं आएका सेवाहरूको विषयमा पत्रकारहरुलाई प्रकाश पानु भयो ।  

नेपाल पत्रकार महासङ्घ सुनसरीको संयोजन र फाउन्डेसनको आयोजनामा पहिलो पटक सञ्चारकर्मीहरूको स्वास्थ्य निःशुल्क परीक्षण शिविर आयोजना गरिएकोमा महासङ्घका अध्यक्ष जनकऋषि राईले सञ्चालकहरूलाई धन्यवाद ज्ञापन गर्नु भयो ।  उक्त अवसरमा महासङ्घ प्रदेश समिति उपाध्यक्ष लवदेव ढुङ्गाना, प्रदेश समिति सदस्य देवेन्द्र कार्की, पूर्व जिल्ला अध्यक्ष हर्ष सुब्बा, राजेश विद्रोहीलगायतको उपस्थिति रहेको थियो ।

May be an image of 2 people, people standing and indoor