फत्तेपुर / संघीय संरचना पश्चात नेपालको मधेश प्रदेशको सप्तरीमा रहेको सप्तकोशी नगरपालिका साविकका फत्तेपुर,ओद्राहा, र कमलपुर मिलाई २०७१ सालमा नगरपालिका घोषणा भएको थियो । नेपालको पवित्र एवं सवैभन्दा ठुलो नदीको रुपमा चिनिने सप्तकोशी नदीको नामबाट नामाकरण गरिएको यो नगरपालिका प्राकृतिक स्रोत र साधनले सम्पन्न, ऐतिहासिक तथा पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । यस नगरपालिकामा ११ वटा वडा रहेका छन् । करिब २७ हजार जनसंख्याको बसोबास रहेको छ । यो सप्तरीकै कानछो नगरपालिका हो ।
७८०२ महिलासहित १५ हजार ४ सय ६१ जना मतदाता संख्या भएको सप्तकोसी नगरपालिकामा पनि स्थानीय तहको निर्वाचनमा नगरप्रमुखका लागि नेताहरुको चर्चा शुरु भएको छ । विभिन्न पार्टीबाट ८ जना ब्यक्तिको नाम चर्चामा रहेको छ । बैशाख ३० गते स्थानीय तहको निर्वाचनको घोषणासँगै बिभिन्न पार्टीबाट उम्मेदवारहरुको नाम चर्चा हुन थालेको हो । स्थानीय राजनैतिक दलहरु चुनावी तयारीका लागि ब्यस्त हुन थालेका छन् । चुनावी चहलपहलसँगै दलहरुले साँगठनिक गतिविधिलाई पनि तीब्र पारेका छन् ।
एकै पदमा धेरै संख्यामा उम्मेदवारहरुले आकाँक्षा राखेपछि दलहरु उम्मेदवारहरुलाई मिलाएर सर्वसम्मतका लागि आन्तरिक कसरत र छलफलमा पनि जुटेका छन् ।
सप्तकोसी नगरपालिकामा सत्तारुढ दल नेकपा एमालेबाट वर्तमान नगर प्रमुख उत्तमकुमार गौतम र पारस दहाल नगर प्रमुखको उम्मेदवारको रुपमा चर्चा छ । पाँच बर्ष नगरप्रमुख भएर कामबाट खारिनु भएका शर्मा फेरी दोहो¥याउने मोडमा हुनु हुन्छ । कुनै विवाद नभई राम्रो काम गरेकाले पार्टीले फेरी जिम्मेवारी दिनेमा उहाँ ढुक्क हुनु हुन्छ । यस्तै एमाले नगर अध्यक्ष पारस दाहालले पनि आकांक्षा देखाउनु भएको छ । यहाँ सपतकोशी नगरको युवा नेता हुनुहुन्छ ।
यसैगरी नेपाली काँग्रेसबाट कृष्ण ढकाल ,अशोक चौधरी ,चन्द्र शेखर चौधरी प्रमुखको आकाँक्षी हुनु हुन्छ । ढकाल अघिल्लो निर्वाचनमा शर्मासँग हार्नु भएको थियो ।
माओवादी केन्द्रबाट शम्भुबहादुर खडका ,धुर्ब कार्की, रविन्द्र चौधरीको नाम चर्चा छ । कार्की अघिल्लो निर्वाचनमा पनि उठ्नु भएको थियो । खड्का यहाँका पुराना नेता तथा सहकारी अभियान्ता हुनुहुन्छ । यस पटक उहाँले टिकट पाउने सम्भावना रहेको छ । एकीकृत समाजबादीबाट हाल वडा न १ का वडाअध्यक्ष नारायणप्रसाद आचर्यको नाम चर्चामा छ। गठबन्धन हुदा माओवादी या कांग्रेसले टिकट पाउने छ ।
सप्तकोसी नगरपालिकामा निर्वाचनको मिति ३७ दिन मात्र बाँकी हुँदा चुनावी सदगर्मी बढेको छ । राजनीतिक पार्टीहरुले परिणाम आफ्नो पक्षमा पार्ने गरी उम्मेदवार चयन गर्ने देखि लिएर जनता रिजाउने गतिविधिलाई बाक्लो बनाउन शुरु गरेको स्थानीयले बताएका छन् ।
निर्वाचन आयोगले बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता, १५ गते अन्तिम नामावली प्रकाशनको तयारी गरेका छन् भने ३० गते मतदानको समय तोकेको छ । सप्तकोसी नगरपालिकामा सत्तारुढ नेकपा एमाले, नेपालि काँग्रेस, माओवादी केन्द्र एकीकृत समाजबादी बीच प्रतिस्पर्धा हुने स्थानीय नेताहरुले जनाएका छन् ।