धरान / धरान १७ का काजी खत्री (अधिकारी ) छोरी २० वर्षिया छोरी केविका खत्री ( अधिकारी ) भने नेपाल टेलिभिजनद्धारा बुधबार प्रसारण हुने राष्ट्रिय नृत्य प्रतियोगिता “रिओ छमछमी ३” को छैठौं स्थानमा प्रवेश गरेकी छन् ।वुधबार राती वुधबार राती ८ः ५० वजे भएको छनौट कार्यक्रमबाट प्रतियोगिताको छैठौ स्थानमा आएकी हुन । गत हप्ता ७ औं स्थान पर्न सफल खत्री अव पाँचौ राउण्डबाट भने छम छमी ३ को विजेताको दावेदार हुने छिन ।केविकाले प्रतियोगिताको उपाधी चुम्ने लक्ष्य लिएकी छन् । उनलाई जिताउनका लागि मोवाइलबाट म्यासेज गर्न सकिने छ । मोवाइलमा cc<space>03 type गरी 34343 मा सेन्ट गर्न सकिने छ । भोटिङका लागि वुधबार राती १० वजेदेखि आइतबार विहान १० वजे सम्म समय तोकिएको छ । उनी धरान १६ स्थित नवोदय उच्च मावि विविएस प्रथम वर्षमा अध्ययनरत छिन । सानै उमेरदेखि नृत्य प्रति रुची राख्ने केविकाले ०७२ सालको नेप्नी डान्स, नेपाल प्रतियोगितामा समेत टप छ मा पर्न सफल भएकी थिइन् । धरानका विभिन्न डान्स सेन्टरमा शुरुवाती अवस्थामा नृत्य प्रशिक्षण समेत लिएकी खत्री विद्यालय स्तरमा हुने त्यस्ता कार्यक्रममा प्रथम स्थान समेत हासिल गर्दै नृत्य प्रशिक्षण समेत दिने गरेकी छन् । यातायात मजदुरकी छोरी भएकाले केविकाको प्रतिभालाई सफलतामा पु¥याउँदा सिगो मजदुर क्षेत्रको शीर उचो हुने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी अन्चल उपाध्यक्ष लक्ष्मी वाँनिया वताउँछन् ।उनी भन्छन, मेची महाकाली मजदुर निकट संगठनहरुलाई भोटिङका लागि क्रियाशील वनाएर जिताई छाड्ने कुरामा विस्वस्त छौ ।” मजदुरहरुको निजी समस्या मात्रै नभएर मजदुर परिवारका भविष्य वनाउन समेत संगठनले विशेष सहयोग गर्दै आइरहेकोले सो कुरालाई निरन्तरता समेत दिने वाँनियाले वताए । संगठनले अव चौक चौकमा शिविर समेत सन्चालन गर्ने र केविका खत्री जिताउ अभियान सफल वनाउने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर संगठन कमिटीका अध्यक्ष कमल भट्टराईले वताए । भट्टराई धराने चेलीलाई जिताउनको लागि भोटिङ गरेर सहयोग गरिदिनको लागि सवैमा अनुरोधसमेत गरेका छन् ।