फत्तेपुर  / सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा मदन भण्डारी स्मृति  फुटबल प्रतियोगिता चैत्र २५ गते देखि शुरु हुने भएको छ।

  जिल्ला फुटबल संघ सप्तरी र न्यु त्रियुगा स्पोर्ट्स क्ल्ब फत्तेपुरको आयोजना सहिद स्मृति रंगशाला फत्तेपुरमा संचालन हुने  फुटबल प्रतियोगिता मा प्रदेश न १ र मधेस प्रदेश का ८ वटा टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ । 

प्रतियोगितामा  आयोजक ११ , दमक फुटबल एकेडेमी झापा , इटहरी फुटबल क्लब सुनसरी, डागिहाट फुटबल क्लब मोरङ , गाइघाट फुटबल क्लब उदयपुर,  सहलेस फुटबल क्लब सिराहा, एपीएफ फुटबल क्लब महोत्तरी,  बागमती युवा  क्लब सर्लाहीले सहभागिता जनाउने जिल्ला फुटबल संघ सप्तरीका महासचिव अमर खवासले जानकारी दिनु भयो । यी टिमबाट राष्ट्रिय स्तरका खेलाडीहरुले खेल्ने छन् । 

 प्रतियोगितामा प्रथम र द्वितिय हुने टिमलाई क्रमशः नगद दुई लाख र एक लाख तथा ट्रफि प्रमाणपत्र मेडल प्रदान गरिने खवास ले जानकारी दिनु भयो । प्रतियोगितामा सार्वाधिक गोल कर्ता ,उत्कृष्ट खेलाडी म्यान अफ दि म्याच ,बेस्ट गोल किपरलाई समेत पुरस्कृत गरिने आयोजकले  जनाएको छ । सप्तरी १ नंं क्षेत्रका सांसद य सत्यनारायण मण्डलको संसदीय विकास कोष र स्थानीय दाताहरुको सहयोगमा प्रतियोगिता गर्न लागिएको हो ।