काठमाडौं  / झोर झरना टोखा महांकालमा पर्ने काठमाडौंका मानिसहरु माझ प्रख्यात झरना मध्ये एक हो । याे टाेखा नगरपालिकामा पर्छ । झोर झरना किशोरकिशोरीहरूमाझ एउटा गन्तव्य बनेको छ । काठमाडौं नजिकै रहेको र प्राकृतिक मुहानको पानी भएको झर्ना हेर्न काठमाडौंबासी निस्कने गर्छन । झोर काठमाडौं र नुवाकोट जिल्लाको सिमानामा पर्दछ । शिवपुरी राष्ट्रिय निकुञ्जको पानी यस झरनाको मुख्य स्रोत हो ।

झोर धार्मिक पर्यटकको आकर्षणको केन्द्र पनि हो । त्यहाँ भगवान शिवको मन्दिर छ । यहाँ पुर्जा गर्दा आफ्नो मनोकाक्षा पुरा हुने विश्वास स्थानीयले गदैं आएका छन् । 


स्थानीय विष्णु काफ्लेका अनुसार शनिबार र सोमबार तीर्थयात्रीहरू यस ठाउँको भ्रमण गर्छन् । यस झरना परिसरमा बौढेश्वर महादेवको मन्दिर रहेको छ । गुफाभित्र महादेव रहेका छन् । तलदेखि माथिसम्म गुफा भित्रबाट छिर्न सकिन्छ । हिउद महिनामा पानी कम हुन्छ । गर्मी महिनामा भने पानीको श्रोत बढि हुदा झरना आकर्षक देखिन्छ । पानीको श्रोत जताभावी प्रयोग गर्दा झरना संकटमा पदैं आएको स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

पहिले पहिले कसैको विवहा, वर्तबन्ध, कार्जे हुदा आवश्यक भाडा बर्तन आवश्यक हुदा यहाँ आएर प्रार्थना गर्दा पाइने गरेको काफ्लेले बताउनु भयो । पछि ती भाडा जुठा बनाएर सफा नगरि ल्याइदिए पछि पाइन छाडेको भनाई रहेको उहाँले बताउनु भयो ।

यहाँ पुग्न काठमाडौंक सामाखुशीबाट लोकल बस पाइन्छ । ट्याक्सी रिर्जव गरेर पनि जान सकिन्छ । १३ किमी मात्र दुरी भएकाले पैदल हिडेर पनि पुग्न सकिन्छ । यहाँ वरपर खाना बस्न सुविधा भएका होटलहरु पनि खुलेका छन् । सडक माथिसम्मै पिच गरिएको छ । काठमाडौंका थकित जीवन एकैछिन भए पनि यहाँ पुगेर मनोरम र आनन्दित बनाउन सकिन्छ । 

No description available.