धरान /  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले चाढै प्रदेश खेलकुद विकास बोर्ड बनाएर खेलकुदका गतिविधी गर्ने बताउनु भएको छ ।

शनिवार धरानमा आयोजित स्व. रेवाहाङ राई स्मृति अन्र्तविद्यालय बास्केटवल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दैं मुख्यमन्त्री राईले खेलकुद विकासमा प्रदेश सरकार गम्भीर भएको बताउनु भएको छ । 

उहाँले बोर्ड गठन नभएका कारण खेल गतिविधी गर्न नसकेको बताउदैं चाढै बोर्ड गठन गरेर खेलकुद गतिविधी गर्ने मुख्यमन्त्री राईले बताउनु भयो । उहाँले रेवाहाङ राईको सम्झनामा उहाँका बाबु रेवतीरवण राई र माता सुजता राईले कोष निर्माण गरिदिएर बास्केटबल खेलका लागि योगदान दिएकोमा धन्यवाद दिनु भयो । भीम आचार्य मुख्यमन्त्री भएका बेला गठन गरेको प्रादेशिक खेलकुद परिषद् मुख्यमन्त्री राईको सरकार आउने वितिकै पहिलो बैठकबाटै विगठन गरेको थियो । 

अफिसियल खेलेको रुपमा विकास भएको बास्केटवल अव प्रदेशमा गति लिने उहाँको भनाई थियो । 

स्व रेवाहाङ राई स्मृति अन्र्तविद्यालय बास्केटवल प्रतियोगिताको आगामी बर्ष प्रदेश सरकारले बजेट व्यवस्थापन गर्ने पनि उहाँले आयोजकलाई आश्वासन दिनु भयो ।

कार्यक्रममा नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामाले नेपालमा बास्केटलको शुरुवात २०१० सालताका धरानमा व्रिटिसहरुले शुरु गरेको स्मरण गराउनु भयो । सरकारले अन्य खेलमा लगानी गरे पनि बास्केटबलमा लगानी शुन्य भएकाले बास्केटबलमा लागनी गर्न मुख्यमन्त्री राईलाई ध्यानाकर्षणसमेत गराउनु भयो । धरान मेघा हिमालयन कलेजको आयोजनामा भएको प्रतियोगिता धरानका विभिन्न कलेजहरुले सहभागिता जनाएका थिए ।

बास्केटवलका उदयमान खेलाडी रेवाहाङको १३ महिना अघि निधन भएको थियो । डिपोट उच्च मावि कक्षा ९ मा अध्ययन गदैं गर्दा उनको असामायिक निधन भए पछि उनका मातापिताले खेल विकासमा योगदानका लागि २ लाखको अक्षय कोष स्थापना गरिदिनु भएको छ । सोही कोषको व्याज रकम र विभिन्न दाताहरुको सहयोगमा प्रतियोगिता गरिएको प्रदेश १ का बास्केटल प्रशिक्षक तथा धरान बास्केटवल संंघका सचिव विकास राईले जानकारी दिनु भयो ।