धरान /  नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले गत फागुन १ गतेदेखि सञ्चालन गर्दै आएको पार्टी संगठन सशक्तिकरण र सुदृढिकरण अभियानको समापन भएको छ ।  बराहक्षेत्र नगरपालिकाको वडा नं. १ र २ मा पार्टी संगठन सशक्तिकरण र सुदृढिकरणको कार्यक्रम सम्पन्न भएसंगै अभियान समापन भएको हो । अभियान समापनको अवसरमा बराहक्षेत्र वडा नं. २ का रामकुमारी प्रसाई, गौरी खनाल र कुलप्रसाद िमश्रलाई पार्टीमा निःस्वार्थ अतुलनीय योगदान पु¥याएको भन्दै सम्मान समेत गरिएको छ । उनीहरुलाई जिल्ला सभापति केदार भण्डारी, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, नगर सभापति रमेश कार्की र वडा सभापति अमर कटवालले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।

सुनसरी क्षेत्र नं. १ अन्तर्गत पर्ने धरान उपमहानगरपालिकाको वडा नं. १ देखि २०, बराहक्षेत्र नगरपालिकाको वडा नं. १ देखि ५ र रामधुनी नगरपालिकाको वडा नं. ७ मा अभियान सम्पन्न भएको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताउनु भयो । उहाँले पार्टी संगठनको सशक्तिकरण र सुदृढिकरण अभियान मार्फत कांग्रेस जनजनमा जागरण र एकता ल्याउन, संगठन विस्तारमा टेवा पुर्याउन, संगठनलाई मर्यादित, अनुशासित बनाउन तथा जनता र कार्यकर्ताप्रति पार्टीका स्थानीय नेतृत्वलाई जवाफदेही र उत्तरदायी बनाउंदै जनअपेक्षा र कार्यकर्ताको भावना बमोजिम पार्टी गतिविधि सञ्चालन गराउनका साथसाथै पार्टी र भातृ एवम् शुभेच्छुक संस्थाहरुलाई गतिशील बनाई संगठनलाई सवल, सक्षम र सुदृढ बनाउन अभियान पूर्ण सफल भएको बताउनु भयो । अभियानको क्रममा अधिकांश वडाहरुमा प्रशिक्षणको विषय उठेकाले सुनसरी क्षेत्र नं. १ भरीका सबै वडाका सभापति र सचिवलाई चैत्र २० गते तथा सबै टोल समितिका सभापति र सचिवलाई चैत्र २२ गते प्रशिक्षण दिने कार्यक्रम राखिएको बताउनु भयो । 

बराहक्षेत्र नगरपालिकाको वडा नं. १ र २ मा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका पार्टीका जिल्ला सभापति केदार भण्डारीले सशक्तिकरण अभियान सञ्चालन गरेर क्षेत्र नं. १ को क्षेत्रीय समितिले उत्कृष्ट र प्रशंसनीय कार्य गरेको बताउनु भयो । उहाँले पार्टी अधिवेशनको सबै तित्तताहरुलाई भुलेर स्थानीयतहको चुनावमा एकतावद्ध भएर होमिन कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो ।  

महासमिति सदस्य जगत कार्कीले संगठनको सशक्तिकरण र सुदृढिकरण हुनु अत्यावश्यक रहेको बताउंदै क्षेत्रको अभियानले वास्तवमै फलदायी भएको बताउनु भयो । महासमिति सदस्य ममता तामाङले पार्टीमा महिलाहरुको सहभागिता र अवसरलाई पनि उच्च प्राथमिकता दिनुपर्ने बताउनु भयो । प्रदेशसभा सदस्यका प्रत्यासी एवम् नेता बुद्धि कटवालले क्षेत्रीय समितिले गरेको कार्यले पार्टीमा नयां आशा पलाएको बताउनु भयो ।  महाधिवेशन प्रतिनिधि दिपेशजंग बस्नेतले बराहक्षेत्रमा पार्टीको संगठन कम्जोर नरहेको बताउनु भयो ।