धरान / पछिल्लो समय दुईपांग्रे सवारी प्रयोगकर्ताहरुले मोटरसाइकल र स्कुटर समान रुपमै रोज्न थालेका छन् । विगतमा मोटरसाइकल पुरुषहरुले खरिद गर्ने र स्कुटर महिलाले खरिद गर्ने जस्तो खालको बुझाइ थियो । तर स्कुटरमा आएको बदलाव, समावेश भएको विशेषता, मोटरसाइकलमा जस्तै पावर, युनिसेक्स डिजाइनले स्कुटर धेरैको रोजाइमा पर्दै आएको छ ।

यस्तैमा बजारमा दर्जनौं ब्रान्डका स्कुटर उपलब्ध रहेका छन् । त्यसमा पनि जापानीज ब्रान्डका प्रति उपभोक्ताको चासो धेरै हुने गरेको छ । नेपाली बजारमा उपलब्ध जापानीज ब्रान्ड मध्येको एक हो सुजुकी ब्रान्ड । विगत लामो समयदेखि सुजुकी ब्रान्डका स्कुटर तथा मोटरसाइकल बिक्री हुँदै आएको छ । 

सुजुकीका मोटरसाइकल तथा स्कुटर नेपाली उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। सुजुकीको जिक्सर धेरै रुचाइएको प्रिमियम सेगमेन्टको मोटरसाइकल हो भने स्कुटर प्रेमीका लागि सुजुकी बर्गम्यान स्कुटर पहिलो रोजाइ बन्ने गरेको छ । 

स्कुटर बजार विस्तार भएसँगै विभिन्न ब्रान्डका अनेकन मोडलका स्कुटर नेपाली बजारमा उलब्ध रहेका छन् । अहिले स्कुटरलाई उत्पादक कम्पनीहरूले नै ‘युनिसेक्स’ सवारीका रुपमा ब्रन्डिङ गर्दै आएका छन् । त्यसैले पछिल्लो समय स्कुटर चढ्नेहरूको संख्या नेपालमा पनि बढ्दै गएको तथ्यांक छ । 

नेपाली बजारमा हाल दुई दर्जनभन्दा बढी मोडलका स्कुटर उपलब्ध हुँदै आएको छ । सहरी यात्राका लागि स्कुटर उपयोगी हुने भएकाले पनि धेरैको रोजाइमा परेको हो । त्यस्तै चारपांग्रे सवारी हुनेले समेत एउटा स्कुटर खरिद गर्ने गरेकाले पनि स्कुटरको माग बढ्दै भएको धरानस्थित नवदुर्गा अटो प्यालेसका सञ्चालक दुर्गा भुजेलले बताउनु भयो ।   यही चैत्र भित्र धरानमा आउने उहाँले जानकारी   दिनु भयाे ।

विगतमा कुल बिक्री हुने दुईपांग्रे सवारीमा स्कुटरको हिस्सा निक्कै कम हुने गरेको थियो। अहिले स्कुटरको हिस्सा बढ्दै गएको छ ।

यसमा पनि प्रिमियम सेगमेन्टका स्कुटर खोज्ने उपभोक्ताको संख्या बढ्दै भएको छ । त्यसैलाई मध्यनजर गर्दै सुजुकीले समेत नयाँ मोडलको स्कुटर ल्याउने भएको छ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भीजी सुजुकीले प्रिमियम स्कुटरको खोजीमा रहेकाको आवश्यकता पुरा गर्न १ सय २५ सीसी इन्जिन क्षमताको नयाँ स्कुटर एभिनिस सार्वजनिक गर्ने तयारी गरेको छ । 

भारतीय बजारमा केही महिनाअघि सार्वजनिक भएको सुजुकी एभिनिसले आफ्नो सेगमेन्टमा अविश्वसनीय उपलब्धि हासिल गरिरहेको छ । नेपाली बजारमा समेत यही सेगमेन्टका स्कुटरको माग बढ्दै गएकाले धेरैको रोजाइमा पर्ने विश्वास गरिएको छ ।