धरान / नेपाल पत्रकार महासंघ सुनसरीले नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा इटहरीमा प्रभातफेरी कार्यक्रमको आयोजना गरि मनाएको छ ।
बुधबार विहान इटहरी उपमहानगरपालिका परिसरबाट प्रभातफेरी निकाले इटहरी चौकमा समापन गरिएको थियो । प्रभातफेरी पछि महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राईको अध्यक्षतामा कोण सभाको आयोजना गरिएको थियो । कोणसभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्काले श्रमजीवी पत्रकारको हकहित र लोकतन्त्र रक्षाका लागि महासंघ प्रतिवद्ध भएको बताउनु भयो ।
कार्यक्रममा पत्रकार महासंघ प्रदेश १ सचिव देवेन्द्र कार्कीले २०६३ सालको जनआन्दोलन, लोकतन्त्र स्थापना र त्यस पछिका राजनीतिक आन्दोलनमा नेपाल पत्रकार महासंघले खेलेको भूमीकाको स्मरण गरउनु भयो । सडकमै रहेका पत्रकारहरुले लोकतन्त्र, सामाजिक न्यायका लागि अझै पनि महासंघले खवरदारी जारी राखेको उहाँले बताउनु भयो ।
सुनसरीका अग्रज पत्रका हर्ष सुब्बाले २०१२ सालमा स्थापना भएको नेपाल पत्रकार संघ २०५३ सालमा धरानबाट महासंघमा परिणत भएको स्मरण गराउदैं महासंघले धरानलाई विर्सन नहुने बताउनु भयो । उहाँले सुनसरी महासंघको ऐतिहासिक जिल्ला भएकाले सुनसरीले ऐतिहासिक काम गरेर देखाउनु पर्ने सुब्बाले भन्नु भयो ।
कार्यक्रममा सुनसरीका अग्रज पत्रकारहरु, विभिन्न संगठनमा आवद्ध पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।