धरान / धरान उपमहानगरपालिका ९ नं वडा कार्यालयले वडावासीलाई निःशुल्क पानी वितरण गरेकाे छ । विभिन्न स्थानमा ५ हजार लिटरकाे खानेपानी टंकी राखेर वितरण गरिरहेकाे छ । 
वडा कार्यालयले चर्ज लाइन, विनायक पथ, आचार्य लाईन, पूर्ण पथ, गाैतम पथमा ५ हजार लिटरको पानी टंकी राखेकाे छ ।
 ९ नं वडा भरि देखिएकाे खानेपानीको समस्यालाई सहज बनाउनका लागि निःशुल्क खानेपानी वितरण गरेकाे  वडाध्यक्ष रत्न कटवालले जानकारी दिनुभयाे ।  उपमहानगरले चलाएकाे खानेपानी परियाेजना फेल भएकाे उहाँले बताउनु भयाे ।
"खानेपानी बोर्डले पानी खुवाउन नसकेका कारण बडाबाट हामीले पानी किनेर  ट्यांकरमार्फत खुवाईरहेका छाै ।" - वडाका अध्यक्ष कट्वालले भन्नु भयाे । उहाले जनताकाे माग अनुसार २ हजार लिटरकाे टंकी फेरि ३ स्थानमा राखिने बताउनु भयाे ।