माेरङ  । मोरङको लेटाङमा एक शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गर्न गएको प्रहरीमाथि आक्आरमण भएकाे छ । आक्रोशित भीडले आक्रमण गर्दा महिला प्रहरीको मृत्यु भएको छ । लेटाङ – ५ खेरुवामा भएको झडपमा घाइते प्रहरी जवान २४ वर्षिय उर्मिला श्रेष्ठको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मारङले जनाएकाे छ ।

घटनास्थलमा पुगेका मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहित २५ जना प्रहरी र ७ जना स्थानिय झडपमा परि घाइते भएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविन राज राईले जानकारी दिए । एसपी जिसीको खुटामा चोट लागेको उनले बताए । एसपी जिसीका बडिगार्ड प्रहरी हवल्दार मेघचन्द्र राई पनि घाइते भएका छन् ।

१ नं. प्रदेश सशस्त्र प्रहरी गण रानी विराटनगरबाट खटिएका प्रहरी हल्वदार ३८ वर्षिय कृष्ण कुमार यादव, ३६ वर्षिय उमेश वरही, ३६ वर्षिय संगीता प्रसाइ, ३९ वर्षिय संजय यादव घाइते भएका छन् । यस्तै इलका प्रहरी कार्यालय बेलबारीबाट खिटिएका प्रहरी हवल्दार ३९ वर्षिय खुबी सावा, प्रहरी जवान २१ वर्षिय जाबुक खड्का, २५ वर्षिय लाल मिश्रा, २६ वर्षिय संजय भुजेल, २४ वर्षिय बिमल धिमाल, २१ वर्षिय दिपक कुमार यादव रहेका छन् । इलका प्रहरी कार्यालय लेटाङका चार जना हल्वदार घाइते भएका छन् । जसमा ३८ वर्षिय सन्त बहादुर मगर, ३५ वर्षिय मिक्वा योङहाङ, ४१ वर्षिय शिव कुमार यदाव, ३८ वर्षिय रेनुका सोनाम रहेका छन् । यस्तै ३६ वर्षिय दिपेश राय, ३१ वर्षिय मनिता राई र ४० वर्षिय धुव्र बहादुर कार्की रहेका छन् । उनीहरुको उपचार विराटनगरस्थित कोशी अस्पताल र नोबलम भइरहेको छ । ६ जना उपचारपछि फर्किएका छन् ।

स्थानियबासी लेटाङ–८ का मिलन खड्का र लेटाग ५ का ३३ वर्षिय आयुष लिम्बूसहित ७ जना घाइते भएको प्रहरीले जनाएको छ । खड्काकोे नोबेल र लिम्बूको कोशीमा उपचार भइरहेको छ ।

होलीका दिन गत शुक्रबार रङ खेल्दै घरमा आएका शिक्षक मनोज पौडेलले आफूलाई यौन दुर्व्यवहार गरेको १२ वर्षीया छात्राले बताएकी थिइन । सामाजिक शिक्षा पढाउने ५६ वर्षीय पौडलको विषयमा छलफल गर्न आइतबार विद्यालयमा शिक्षक र अभिभावकको बैठक बसेको थियो । बैठकले पौडेललाई प्रहरीको जिम्मा लगाउने निर्णय गरेको थियो ।

आरोपित शिक्षकलाई बाहिर निकाल्दा आक्रमण हुन सक्ने आकलन गर्दै शिक्षकहरूले प्रहरीलाई नै विद्यालय परिसरमा बोलाएका थिए । विद्यालयमा छलफल चलिरहँदा आक्रोशित भीड पस्यो र शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास ग¥यो । स्थिति नियन्त्रणमा लिन आएको प्रहरीसँग झडप भएको हो ।

यौन दुर्व्यवहार आरोपित पौडेललाई नियन्त्रणमा लिएर लैजान खोज्दा भीडले आक्रमण गर्दा प्रहरी जवान श्रेष्ठको मृत्यु भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । उनका अनुसार आक्रोशित भीडले छुरा प्रहार गरेको थियो । महिला प्रहरी श्रेष्ठको शव राति ११ बजे कोसी अस्पतालमा पु¥याइएको छ । उनको घाँटीमा धारिलो हतियार लागेर ठूलो प्वाल परेको आकस्मिक कोशी अस्पतालको चिकित्सकले बताएका छन् ।