धरान  / सुनसरी र मोरङमा शुक्रबार विभिन्न स्थानमा भएको दुर्घटनामा चार जनाको ज्यान गएको छ । सुनसरी बराहाक्षेत्र १ सशस्त्र क्याम्प अगाडी कान्छिचोक चतरा सडकखण्डमा पूर्बबाट पश्चिम तर्फ जादै गरेको को ९ प ३३७२ नं को मोसा र बिपरित दिशाबाट आउदै गरेको को २९ प ६२०६ नं को मोसा एकआपसमा ठक्कर खाइ दुर्घटना हुदा ६२०६ नं को मोसा चालक मोरङ केराबारी ७ का  ३६ बर्षीय छत्र बहादुर बिक र ३३७२ नं को मोटरसाइकल चालक बराहाक्षेत्र २ बस्ने बर्ष ३० को अमित पाण्डेको मृत्यु भएको छ । 

साँझ भएको दुर्घटनाका घाइते छत्र बहादुरको बिराट नर्सिङहोम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको क्षेत्री टाफिक कार्यलय इटहरीले जनाएको छ । पाण्डेको भने राती विपी प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको छ । 

यस्त  मोरङ ग्रामथान गाउँपालिका वडा नं।१ लखन्तरी स्थित भित्रि सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको को २५ प ८५५९ मोसा आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक कटहरी गाउँपालिका वडा नं।५ बस्ने बर्ष १६ आलोक बिश्वास ,सोही मोसा पछाडी सवार ग्रामथान गाउँपालिका वडा नं।१ बर्ष( १८ को रिसब चौधरीको मृत्यु भएको छ  । अर्का ।१६  बर्षीय अनिश माझि समेत घाईते भएका थिए ।