धरान / आज तराईको होली ।  हिजो उपत्यका तथा पहाडी क्षेत्रमा उल्लासमय होली मनाइयो । आज  तराईमा उल्लासपूर्ण मनाउदैंछन् । आपसमा रङ दलेर खुशियाली साटासाट गर्ने यो पर्व यस पटक निकै उत्साहका साथ मनाउदैंछन् । 


कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको प्रतिबन्धात्मक व्यवस्थाका कारण अघिल्ला दुई वर्ष ठूलो समूहमा सार्वजनिक स्थलमा होली खेल्न रोक लगाइएको थियो ।

यस वर्ष भने कोरोना महामारी करिब नियन्त्रणमा रहेका कारण तराईका धेरै क्षेत्रमा युवाहरुले सार्वजनिक स्थलमा हर्षोल्लासपूर्वक होली मनाए । धरान, विराटनगर, इटहरी, दमक, विर्तामोडलगायत क्षेत्रमा उत्साहपूर्ण होली मनाइएको छ । धरानमा क्याप्टेन ब्याटमिन्टन क्लव धरान–१५ ले विहानैदेखि खेल मैदान मै होली मनाएको छ । एक आपसमा रंग दलेर र खानाका परिकारहरु खाएर होली मनाएका छन् । सोही अवसरमा खेल मैदानमा आवश्यक सामाग्री सहयोग गर्ने मनकुमार लिम्बुलाई क्लवले सम्मानसमेत गरेको छ । 

IMG_9165

May be an image of 8 people and people standing

May be an image of 5 people

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.