धरान  / इलाका प्रहरी कार्यालय धरानका प्रमुख  डिएसपी नरेन्द्र कुँवर फागुन महिनाको प्रदेशभरिकै उत्कृष्ट  प्रहरी अधिकृत घोषित हुनु भएको छ ।

गम्भीर प्रकृतिको अपराधको अनुसन्धानमा प्रदेश भरिकै अव्वल अधिकृत ठहरिए पछि  डिएसपी कुँवरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी अधिकृत घोषणा गरेको हो । 

उहाँले धरानमा क्षेत्रमा भएका गम्भीर प्रकृतिका अपराधमा सफल अनुसन्धान गरेर दोषीलाई कानुनी दायरामा ल्याउनु भएको थियो । धरान ४ स्थित कोशी राजमार्ग जंगलमा पुरूष मानिसको टाउको, जिउ र खुट्टाको भाग छुट्टा छुट्टै झोलामा हालेर फालेको घटनाको उत्कृष्ट अनुसन्धान गरेको भन्दै प्रदेश प्रहरीले पुरस्कृत गरेको हो । उक्त घटनामा डिएसपी कुँवरले मृतकको पहिचान खुलाउन सफल भएर संलग्न प्रतिवादीहरुलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याएकोले सर्वाेत्कृष्ट प्रहरी घोषणा गरिएको डिआइजी अरुण विसीले जानकारी दिनु भयो । हामी प्रत्येक महिना उत्कृष्ट प्रहरी छनौट गदैं एक महिनामा गरेको कामको आधारमा दुई घट्नामा उहाँको अनुसन्धान उत्कृष्ट देखियो ।, डिआइजी विसीले भन्नु भयो ।

धरान १८ स्थित एक होटलमा महिलाको हत्या गरि फरार भएका व्यक्तिलाई पनि पहिचान गरेर पक्राउ गरि डिएसपी कुँवरले कानुनी दायरामा ल्याउन सफल भएका थिए । आम सर्वसाधारण नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउन डिएसपी कुँवरको नेतृत्वमा प्रशंसनिय कार्य भएको भन्दै उहाँलाई सम्मान गरिएको हो । 

डिएसपी कुँवरले सफल अनुसन्धान गरेका घट्ना यस्ता थिए 

कोशी राजमार्ग अन्तर्गत धरान–धनकुटा सडक खण्डमा पर्ने धरान ४ स्थित आपगाछी क्षेत्रको जंगलमा फागुन र ४ र ५ गते इलाम बाँझोका दिनेश सिग्देलको शव टुक्रा टुक्रा पारि जेव्रा झोलामा हालेर फालिएको अवस्थामा भटिएको थियो । 

उहाँले लगाएको पेन्टमा बहराइनको एक सेक्युरिटी कम्पनिको माक्स र भिजिटीग कार्ड भेटिए पछि डिएसपी कुँवरको कमाण्डमा अनुसन्धान गरिएको थियो । 

पुस २० गते अन्तराष्टिय विमानस्थलबाट नेपाल प्रवेश गरेका सिग्देलको विराटनगरस्थित पिपल चोकको एक कोठमा उहाँकै कान्छि श्रीमति अनिता सिग्देल र अनिताका प्रेमी सरोज भण्डारीले हत्या गरेको अनुसन्धानबाट खुलेको थियो । 

दिनेश टाटवीर पेट्रोलियम कम्पनिमा  सेक्युरिटी गार्डको काम गथ्र्ये । कम्पनीमा १५ दिनको विदा लिएर पुस २० गते नेपाल आएको र भोलीपल्ट विराटनगर आएर होटलमा बसेर र  २२ गते बेलुकी उनीहरुको डेरा रहेको विराटनगर ३, पिपल चोक बसेको र सोही राती उनको हत्या गरिएको   डिएसपी कुँवरले पत्ता लगाउन सफल हुनु भएको थियो ।

पुस २२ गते राती दिनेश र अनिताबीच विवाद भएको थियो । उनीहरुको योजना अनुसार सरोज भण्डारी केही समयमा आएका थिए । केही बेर कुुराकानी गरि परिबन्दमा पारि सरोजले ल्याएको गलबन्धीले घाँटीमा कसेर दुवै मिलेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । सो दिन शव त्यही कोठामा छाडेर भोलीपल्ट ४ हजारमा ग्रेण्डर मेशिन, जेब्रा झोला, पोलेथिनलगायत समान ल्यााएको र  लाश काटेर टुक्रा टुुक्रा बनाएर झोलामा हालेका थिए । पुस २३ गते साँझ  टेम्पो भाडामा लिएर धरान भेडेटार सडकखण्डमा फालेको अनुसन्धानबाट खुलेको छ । सो दिन उनीहरु भेडेटार होटलमा बसेर विहान विराटनगर फर्केका थिए । 

अनिता र सरोजको सम्बन्ध गाडा बनेको र उनीहरुको सम्बन्धमा दिनेश काँडा बन्ने भए पछि उनीहरुले योजनाबद्ध हत्या गरेको बताइएको थियो । 

यस्तै फागुन १७ मा धरान १८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा एक महिलाको शव भेटिएको थियो । होटलको कोठा न १०९ मा इटहरी ५ मा डेरा गरी बस्ने ३९ बर्षीया सुमित्रा तामाङ भएको प्रहरीले थाहा पाए पछि  डिएसपी कुँवरले उनको हत्यामा संलग्नलाई खोजी कार्य शुरु गरेको थियो । दुई दिन अघिदेखि उनीसँग एक पुरुष रहेको पत्ता लागेको थियो । 

घटना पछि फरार रहेका युवा धनकुटाको पाख्रिबास नगरपालिका घर भएका २४ बर्षीय विनेश राना मगर भएको प्रहरीले पत्ता लगाएको थियो । घट्ना भएको तीन दिन पछि फागुन २० गते उनलाई ससुराली घरबाट पक्राउ गरि ल्याउन सफल भएको थियो । 

मृतक तामाङ र मगरबीच प्रेम सम्बन्ध भएको र पछिल्लो समय भने उनीहरुबीचमा फाटो भएको थियो । सम्बन्धमा बिग्रिए पछि मगरले तामाङको हत्या गरेको अनुसन्धानमा खुलेको थियो ।