झापा  / विर्तामोडमा आयोजित प्रदेश १ स्तरीय ओपन थ्री वाइ थ्री बास्केटवल प्रतियोगिताको उपाधि महिला तर्फ धरान मेघा हिमालयन कलेज र पुरुष तर्फ हाम्रो कलेक्सनले जितेको छ । विर्तामोड ५ न. वडा खेलकुद समितिद्धारा वुधवार आयोजित एक दिने प्रतियोगिताको महिला पुरुष दुवै उपाधि माथि धरानको टिमले जितेको हो । 

महिला तर्फको खेलमा धरान मेघा हिमालयनले विर्तामोड महिला टिमलाई ९–६ र हाम्रो कलेक्सनलले तरहरालाई २१–१९ अंकको अन्तरले पराजित गर्दै उपाधि हात पारेको थियो ।  महिला तर्फको विजेता टिमले नगद पाच हजार, उपविजेताले नगद ३ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । यसै गरि पुरुष तर्फका विजेताले नगद १५ हजार, उपविजेताले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । उनी

उनीहरुलाई ५ नं वडा खेलकुद समिति अध्यक्ष विशाल धिमाल, झापा बास्केटवल संघका अध्यक्ष प्रकाश लिङदेन, वास्केटवलका राष्ट्रिय टिम क्याप्टेन सदिस प्रधान, नेपाल बास्केटवल लिगका संयोजक नमित थापा लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।   

त्यस्तै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडी महिला तर्फ धरान मेघा हिमालयन कलेजकि डा. आशा राई र पुरुष तर्फ हाम्रो कलेक्सनका हेमन्त राई घोषित भए । उनीहरुले ट्रफि र प्रमाणपत्र प्राप्त गरे । नेपाल बास्केटवल लिग एनविएलको समेत सहयोग रहेको प्रतियोगितामा महिला तर्फ ७ टिम र पुरुष तर्फ १२ टिमले सहभागिता जनाएको थियो ।

तस्विर: बिकास चाम्लिङ राई