विराटनगर / प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र सभामुख प्रदिपकुमार भण्डारीले फागुपूर्णिमाका अवसरमा शुभकामना सन्देश व्यक्त गर्नु भएको छ । मुख्यमन्त्री राई र सभामुख भण्डारीले हिमाली तथा पहाडी जिल्लामा आज बिहीबार र तराईका जिल्लामा भोलि शुक्रबार मनाइने फागुपूर्णिमा(होली)का अवसरमा शुभकामना दिनुभएको हो ।

आज जारी गरिएको सन्देशमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने मुख्य मन्त्री राईले धारणा व्यक्त गर्नुभएको छ । ‘साँस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस होली पर्वले समस्त नेपालीहरू बीच सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यवद्धता कायम राख्न योगदान पु¥याउने विश्वास व्यक्त गर्दै सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ मुख्यमन्त्रीले राईले सन्देशमा भन्नुभएको छ । हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् भन्दै मुख्यमन्त्री राईले यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

यसै गरि सभामुख भण्डारीले असत्य माथी सत्य, हिंसा माथी सद्भाव, घृणा माथी प्रेम, क्रुरता माथी शालिनताको विजयोत्सवको रुपमा मनाईने रङ्गहरुको पर्व फागुपुर्णिमा हिमाल पहाड तराइँलाई एकताको सुत्रमा बाँध्दै आपसी भातृत्व, सद्भाव र सहिष्णुता कायम गर्ने पर्वको रुपमा स्थापित फागुपूर्णिमाले विविध संस्कृतिहरूको इन्द्रेणीको रूपमा रहेको हामी नेपालीहरू बीच आपसी सद्भाव¸ सहिष्णुता¸ आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास लिएको बताउनु भएको छ । 

शुद्धता, पवित्रता, सौभाग्य, शक्ति तथा प्रेमको प्रतिक रातो रङ्ग, भक्ती, धर्मको प्रतिक पहेलो रङ्ग, प्राण, जीवनशक्ति तथा मार्मिकताको प्रतिक हरियो रङ्ग अनि धर्म युद्ध, कर्तव्य तथा जिम्मेवारीबोधको प्रतिक निलो रङ्गहरुको प्रयोग गरेर शरद ऋतुलाई विदाई गर्दै वसन्त ऋतुको आगमन सँगै मनाईने होलीले हाम्रो जीवनमा खुशीको रङ्ग छर्न सफल रहोस भन्ने उहाँले कामना गर्नु भएको छ ।

क्षमा गरौं हाँसौं हसाऔं प्रेमपूर्वक जीवन बिताऔं भन्ने सन्देश दिने सबै नेपालीको साझा पर्वको रुपमा विकसित रङ्गहरूको पर्व फागुपूर्णिमाले हामी बिच एकता, भाईचारा, सहिष्णुता र सद्भाव कायम गर्दै मुलुकको विकास समृद्धिका निमित्त सबै खाले स्वार्थ भन्दा माथी उठेर साझा सहमती तथा एकता साथ अगाडी बढ्ने प्रेरणा मिलोस शुभकामना व्यक्त गर्दछु । सन्देशमा भनिएको छ ।