धरान / रंगहरुको पर्व होलीको अवसर पारी आउँदो चैत्र गते शुक्रबार धरान - स्थित ट्रीहाउस रेस्टुरेन्टको मैदानमा "होली इन जंगल" कार्यक्रमको आयोजना हुने भएको छ। 

दिउँसो १२ बजे देखि साँझ सम्म हुने कार्यक्रममा काठमाडौँ बाट डिजे सन्तोष , डिजे नानी , धरानबाट डिजे जेनी डिजे डबल बीले होलीको फ्लोर तताउने छन्।धरानको शिरमा अवस्थित नेपालकै पहिलो ट्रीहाउसमा होलीलाई उत्सवको रुपमा मनाउन लागेको प्रवेश निशुल्क गरिएको कार्यक्रमलाई भब्य रुपमा आयोजना गर्नको लागि तयारी गरिरहेको आयोजक टिमका सरल उदासले बताए।