इनरुवा । नेकपा एकीकृत समाजवादीले पार्टी संगठन निर्माण तथा सुदृढिकरण अभियान अन्तर्गत पार्टीको सुनसरी जिल्ला कमिटीको आयोजनामा एक अभिमुखीकरण कार्यक्रम गरेको छ । 

केन्द्र र प्रदेश कमिटीका नेता कार्यकर्ताको उपास्थितिमा आज इनरुवामा प्रदेश स्तरीय अभियानको सुरूवात गरेको हाृ । कार्यक्रम एकीकृत समाजवादी पार्टी सुनसरीका अध्यक्ष गोविन्द निरौलाको अध्यक्षतामा भएको थियो । प्रमुख अतिथि नेकपा एस का केन्द्रीय उपाध्यक्ष तथा पार्टीका १ न प्रदेश इञ्चार्ज घनेन्द्र बस्नेत हुनुहुँथ्यो ।

स्थानीय तहको आसन्न निर्वाचनलाई मध्येनजर गर्दै प्रदेशका १४ जिल्ला र विराटनगर महानगरपालिका गरि १५ वटै जिल्लाका क्षेत्र , पालिका , वडा र टोल सम्म सो अभियान संचालन गरिने नेकपा एकीकृत समाजबादी पार्टीले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बस्नेतले एमसीसी र रसिया यूक्रेनको पछिल्लो घटनाक्रमलाई द्वंद्वात्मक भौतिकवाद र साम्राज्यवादी बिचको द्वन्द्व भएको र साम्राज्यवादी र अबसरवादी दुबैको हार हुदै गएको बताउनु भयो । 

नब्बेको दशकबाट करिब तीस बत्तीस बर्ष संसारलाई नै आफ्नो कब्जामा पार्दै शक्तिशाली बनेका राष्ट्र अमेरिका र त्यसका साझेदार यूरोपेली राष्ट्रहरू पनि अब हरेक दृष्टिकोणले बिस्तारै पछि सर्दै गएको तर बिश्व राजनीति र शक्तिका हिसाबले अब चीन लगभग अगाडी आइसकेको उहाँले बताउनुभयो । 

 उपाध्यक्ष बस्नेतले एमसिसीको सवालमा अमेरिकाले बिगत सत्तरी वर्षदेखि नै नेपाललाई अनगिनती सहयोग र अनुदान दिदै आएकोमा यो एमसिसीलाई चाहि तत्कालीन केपी ओली सरकारका अर्थमन्त्री युवराज खतिवडा र स्वयं ओली आफैले प्रतिनिधिसभामा बिना संसोधन जस्ताको तस्तै टेबुल गराउने प्रपंच गरेको उहाँको भनाई थियो । उहाँले अहिले आएर माधव नेपाल र प्रचण्डले देश र जनताको पक्षमा केही मात्रा भए पनि इयाख्त्मक टिप्पणी गरेर मात्र टेबुल गर्दा केपी ओली केही बोल्न सकेको बताउनु भयो । 

पोलिटब्यूरो सदस्य तथा प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष धर्मराज निरौलाले ०६२÷०६३ को दोस्रो जनआन्दोलन पश्चात सामन्ती युगको अन्त्य भई देश पूँजीवादी युगमा प्रबेश गरिसकेको बताउनु भयो । अब देश समाजवाद उन्मुख भईसकेको यथार्थलाई केपी ओलीले स्वीकार गर्न नसकेको कुरा अब जनता समक्ष पूर्याउनु पर्ने उहाँको भनाई थियो ।  नेपालको कम्यूनिष्ट आन्दोलन र कम्यूनिष्ट पार्टी निर्माणमा कोशी कमिटी निर्माण , झापा बिद्रोह देखी स्वदेश र प्रवास , एकताबद्ध पार्टी निर्माणमा माधव नेपाल र झलनाथ खनालको अहम् योगदान रहेको उहाँले स्मरण गराउनु भयो ।

कार्यक्रमलाई केन्द्रीय सदस्य तथा सुनसरीका सहइंचार्ज क्रमश, केशव तिम्सिना, शुस्मा राई र जीवन राईले पनि सम्बोधन गर्नुभएको थियो ।