धरान । प्रतिष्ठित साहित्यकार तथा साहित्य अकादेमी पुरस्कारले विभूषित आर पी लामाको स्मरणमा भारतीय र नेपाली साहित्ययकारहरूलाई सम्मान गरिने भएकाे छ ।

आरपी लामाकी धर्मपत्नी हेमन्ततक मारी लामाले आउँदो वर्षदेखि भाषा-साहित्य, सङ्गीत, साहित्यिक पत्रकारिता तथा समाज सेवामा योगदान पुऱ्याउने भारतीय मूलका सर्जकगणलाई आर. पी. लामा पुरस्कार प्रदान गर्ने घोषणा गरेको कुरा आर. पी. लामा पुस्तकालयकी संस्थापिका सचिव प्रणिता लामाले जानकारी दिनु  भयाे ।

प्रदान गरिने आरपीलामा पुरस्कार अन्तर्गत नगद राशि, दोसल्ला तथा स्मृति चिन्ह प्रदान गरिनेछ । यसका साथै आरपी लामा पुरस्कार समारोहकै दिन नेपालका प्रतिष्ठित साहित्यकारगणलाई पनि आर. पी. लामा सम्मान गरिने पनि पुस्तकालय संस्थापक सचिव प्रणिता लामाले जानकारी दिनु भयाे ।