विराटनगर । मोरङ सुन्दरहरैचा नगरपालिका ७ की १८ महिने नाबालिकाको हत्या आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। शुक्रबार साँझ घर नजिकैको घारीमा अचेत अवस्थामा भेटिएकी ती नाबालिकाको शनिबार बिहान मृत्यु भएको थियो।

घरबाट अपरान्ह ४ बजे हराएकी नाबालिका पाँच बजेतिर घरभन्दा १५० मिटर दुरी पश्चिममा अचेत अवस्थामा फेला परेकी थिइन्।  विराटनगरको नोबेल अस्पतालमा उपचारका लागि लगिएको बालिकाको शनिबार विहान १ बजे मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिनु भयाे ।

प्रहरीले बालिकाको हत्या आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको एसपी जिसीले जानकारी दिनु भयाे। नियन्त्रणमा लिएको आरोपीको नाम प्रहरीले गोप्य राखेको छ । आज दिउँसो पत्रकार सम्मेलन गरेर घटनाको विस्कृत जानकारी दिने प्रहरीले जनाएकाे छ ।