धरान । विभिन्न पार्टी परित्याग गरी ४ सय ११ जना एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

शनिवार धरानमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय खम्बुवान् पार्टीबाट नेकपा एकीकृत समाजवादीमा २ सय ८८ जना र धरान १७,११,१३,१५ का नेपाली काँग्रेस, नेकपा एमाले र स्वतन्त्र गरी जम्मा १ सय २३ जना गरी जम्मा ४ सय ११ जना प्रवेश गरेको समाजवादी प्रेस सङ्गठनका केन्द्रीय सदस्य आनन्द श्रेष्ठले जानकारी दिनु भयाे ।

झापा मोरङ, भोजपुर र सुनसरीबाट पनि पार्टी प्रवेशका लागि आएका थिए । पार्टी अध्यक्ष माधव नेपाल र प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई लगायतका नेताहरूले  उपस्थितिमा पार्टीमा प्रवेश गराएका थिए ।