उर्लाबारी ।
युवतीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले संचालित मिस उर्लाबारीको तेस्रो संस्करणको तयारी गरिएको
छ। तयारी संगै पहिलो अडिसन समेत उर्लाबारीमा गरिएको छ ।
सेन्ट्रल फेशन
हव उर्लाबारीको आयोजनामा हुने मिस उर्लाबारीको पहिलो अडिसनमा १८ जना युवतीहरुको सहभागीता
रहेको आयोजक तथा संयोजक जीवन चिमरियाले जानकारी दिनुभयो ।
दोस्रो चरणको
अडिसन शनिबार हुने वहाँले जानकारी दिनुभयो । पहिलो चरणको अडिसनमा मिस पूर्वाञ्चल २०१९
की विजेता रिजु भट्टराई, बैंकर सुमन गिरी, सामाजिक क्षेत्रबाट सरिता केसी, शिक्षा क्षेत्रबाट
ज्ञानेन्द्र सुनारले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । दोस्रो चरणको अडिसन
सकेर सहभागीहरुको फाइनल नाम सार्वजनिक गर्दै बन्द प्रशिक्षण थाल्ने आयोजकले जनाएको
छ । यस पटक मिस उर्लाबारीमा सहभागीहरुले कुनै शुल्क तिर्नु नपर्ने भएको छ । प्रशिक्षण
शुल्क समेत नलिने संयोजक चिमरियाको भनाई छ । चैत्र अन्तिममा फिनाले गर्ने गरी तयारी थालिएको मिस उर्लाबारीको पहिलो संस्करणको
बिजेता
नेमिता आङ्गबुहाङ्ग
हुन् भने दोस्रो संस्करणको बिजेता रुशाली केसी हुन्।