धरान /  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उसुका लागि धरानका ४ जना छनोट भएका छन् । नान छ्वान विद्यामा शिक्षा निकेतन माविमा अध्ययनरत रोहित लिम्बु प्रथम ,डिपाेर्ट स्कुलका रिकेश कार्की दाेश्राे भएका छन् ।

 यस्तै, छान छ्वान विद्यामा महिलातर्फ लाविन जिमि र पुरुषतर्फ सुगत तामाङ छनोट भएका हुन् ।

थाइचीमा पुरुष तर्फ साङकेन राई  प्रथम र सुलभ राई दाेश्राे भएका छन्। प्रतियोगिता अन्तरािष्ट्रय रेफ्री राजेन्द्र राईको अण्डरकमाण्डमा धरान १६ को रंगशालामा सम्पन्न भएको थियो ।

थाउलु विद्यामा गरिएको सो प्रतियोगितामा कक्षा १२ सम्म अध्ययन गर्ने धरानका ४ विद्यार्थी छनोट भएको खेलकुद  विकनस समिति धरानले जनाएको छ । जिल्ला छनोटका लागि क्यालिफाइट विद्यार्थी छनोट गर्ने जिम्मा राष्ट्रिय निर्णायक शिव गुरुङ, बिकी राई, इन्चु मगरले पाउनु भएकाे थियाे। धरान उपमहानगरपालिको आयोजनामा बुधबारबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन समारोह शुरु भएको हो ।