धरान । संखुवासभामा भएकाेे दुर्घटना प्रति एमाले नेताहरूले दुख व्यक्त गर्नुु भएकाे छ ।

नेकपा एमाले स्थायी कमिटी सदस्य भीम आचार्य, प्रदेश इञ्चार्च देवराज घिमिरे, प्रदेश अध्यक्ष तुलसी न्याैपानेलगायत नेताहरू धरानस्थित विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर घाईतेकाे अवस्था बुझ्नु भएकाे थियाे ।  एमाले नेता टिका चेम्जाेङ, सावित्री जाेशीलगायतसमेत पुग्नु भएकाे थियाे ।

एमाले प्रदेश अध्यक्ष न्यौपानेले विज्ञप्ती जारी गर्दै दुर्घटनाबाट ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

प्रमुख प्रतिपक्ष संसदीय दलका नेता समेत रहनु भएका नेता आचार्यले घाईतकाे तत्काल उपचारकाे प्रवन्ध गर्न सरकारसँग माग गर्नु भएकाे छ ।

दुर्घटनामा १५ जनाकाे मृत्यु भएकाे थियाे भने चार जना घाइतेलाई उपचारका लागि विपी प्रतिष्ठान ल्याइएकाे थियाे ।

घाईतेकाे नामावली:
१.  संखुवासभा मादी नगरपालिका- ६ का ५० बर्षीय डम्बर बहादुर कार्की सामान्य
२. मादी नगरपालिका- ४ उम्लिङकि २४ बर्षीया करिश्मा तामाङ सामान्य
३. मादी नगरपालिका- ६ का २२ बर्षीया  तुलसा कटुवाल सामान्य
४. मादी नगरपालिका- ४ का २४ बर्षीय सुवास तामाङ  सामान्य 

मृतककाे नामावली:
१. संखुवासभा मादी नगरपालिका- ६ कि ३० बर्षीया सिता बि.क.
२. मादी नगरपालिका- ६ कि  ३२ बर्षीया अञ्जना कटुवाल
३. मादी नगरपालिका- ५ का ४९ बर्षीय भवानी प्र। दाहाल
४. मादी नगरपालिका- २ का ४२ बर्षीय ईन्द्र अधिकारी
५. मादी नगरपालिका- ६ कि ५ बर्षीया दिक्षा कटवाल
६. मादी नगरपालिका- ४ का ६० बर्षीय बल बहादुर कार्की
७. मादी नगरपालिका- ४ कि २८ बर्षीया सबिता कार्की
८. मादी नगरपालिका- ५ का ४८ बर्षीय दिपक कुमार दाहाल
९. मादी नगरपालिका- ५ का ५५ बर्षीय श्याम शेर्पा
१०. मादी नगरपालिका- ४ का आईत बहादुर तामाङ
११. मादी नगरपालिका- ५ का उमेश भट्टराई (सहचालक)
१२. मादी नगरपालिका- ५ कि २७ बर्षीया युका पोखरेल
१३. तेह्रथुम फाक्चामाराका ३१ बर्षीय विपिन निरौला (चालक)
१४. ताप्लेजुङका ३१ बर्षीया समिक्षा योञ्जन
१५.  ताप्लेजुङका ८ बर्षीय सुदिप घिसिङ