संखुवासभामा दुर्घटना, १३ जना भन्दा बढीकाे मृत्यु

  • फागुन २६, २०७८
  • ६५ पटक पढिएको
65 Shares
alt

धरान । सङ्खुवासभाकाे मादीमा भएको बस दुर्घटनामा परी १३ जनाकाे भन्दा बढीकाे  मृत्यु भएको छ । 

सङ्खुवासभाको मादी रामबेनीबाट झापाको दमक आउँदै गरेको बा ४ ख ७३५ नम्बरको यात्रुवाहक बस कच्ची सडकबाट अन्दाजी ३ सय मिटर तल झर्दा १३ जना यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खादवारीले जनाएकाे  छ । 

दुर्घटना पिलुवा खोला देखि ३ किलोमिटर माथि मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा भएको भएको हो ।

घटनास्थलमा रहेका मादी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष धननारायण तामाङले अहिले सम्म दुर्घटनामा परि १३ जनाको शव निकालिएको जानकारी दिनु भयाे  ।

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार ५ जनाको अवस्था गम्भीर रहेको छ । अहिले घटना स्थलमा उद्धार कार्य चलिरहेको छ । स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु सवार थिए । 

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा