धरान / अन्तर विद्यालय थ्री वाइ थ्री सियोन बास्केटवल प्रतियोगिताको महिला पुरुष दुवै तर्फको उपाधि होलिल्याण्ड स्किुलले जितेको छ ।

सियोन स्कुलको आयोजनामा मंगलवार संपन्न एकदिने प्रतियोगितामा होलिल्याण्ड स्कुलले पुरुष तर्फ युएनलाई १०–४ र महिला तर्फ आयोजक सियोन स्कुललाई ११–० अंकको अन्तरले पराजित गर्दै उपाधि जितेका हुन । विजेता तथा उपविजेताले ट्रफि, कफि पव एण्ड रेष्टोको पाच सय रुपैया वरावरको फुड भौचर, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । त्यस्तै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडि पुरुष र महिला तर्फ नै होलिल्याण्ड स्कुलका युडि लिम्वु र इच्छा लावती घोषित हुनु भयो । यसैगरि उदयीमान खेलाडि आयोजक सियोन स्कुलका गौरव गुरुङ्ग र इनु लिम्वु घोषित हुनु भयो ।  

पुरस्कृत खेलाडिहरुलाई सियोन स्कुलका अध्यक्ष खड्कवहादुर मगर, प्राचार्य सन्जिव वान्तावा, प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, महिला वास्केटवलका राष्ट्रिय खेलाडि डा। आशा राई लगायतले पुरस्कार वितरण गर्नु भयो । 

सोही दिन प्रतियोगिताको फाइनल खेल अघि थ्री पोइन्ट कम्पिटिसन समेत आयोजना गरिएको थियो । थ्री पोइन्ट कम्पिटिसनमा ५ बास्केट गर्दै डिपो स्कुलका रिदम लिम्बू उपाधी जितेका थिए । उनले ट्रफी, पाच सय रुपैया बराबरको कफि पब एन्ड रेष्टोको फुड भौचर र प्रमाणपत्र प्राप्त गरेका छन ।

प्रतियोगितामा धरान र तरहराका गरि पुरुष तर्फ नौ र महिला तर्फ सात टिमले सहभागिता जनाएको थियो । सहभागि विद्यालयहरुमा आयोजक सियोन स्कुल, होलिल्याण्ड स्कुल, युएन, डिपो, समिट स्कुल, हिमशिखर तरहरा र केके इन्टरनेसशल स्कुल रहेको थियो ।

विहान देखि साझ सम्म संपन्न एकदिने प्रतियोगिताको प्रमुख अतिथि धरान उपमहानगरपालिका प्रमुख तिलक राई रहेको थियो । धरान बास्केटवल संघको प्राविधिक सहयोग संपन्न प्रतियोगिता सम्पुर्ण खेल धरान १६ स्थित सियोन स्कुलको बास्केटवल कोर्टमा संपन्न भएका थिए ।