विराटनगर । महिला मुक्तीका निमित्त महिला सशक्तिकरणको अभियानलाई सशक्त बनाउदै लैगिक, सामाजिक, शैक्षिक, राजनीतिक, सांस्कृतिक, आर्थिक जस्ता विविध क्षेत्रहरुमा भएको शोषण, दमन र विभेद र अमानवीय व्यवहारहरु विरुद्ध अभियानका रुपमा मनाउदै आएको अन्तराष्ट्रिय नारि दिवसको शुभ अवसरमा  प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले शुभकामना व्यक्त गर्नु भएकाे छ ।

“सामाजिक न्याय र लैंगिक समानताः दिगो किासको सुनिश्चितत” भन्ने राष्ट्रिय संकल्पका साथ १२२ औं अन्तराष्ट्रिय नारि दिवस मनाउदै गर्दा महिलाहरूले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धीहरूलाई स्मरण गर्दै यस दिनले सबै प्रकारका हिँसाहरुको अन्त्य गर्ने प्रेरणा प्रदान गर्ने उहाँले बताउनु भएकाे छ ।

"परिवर्तित राजनितिक प्रणालीको अभ्यास गरिरहेको सन्दर्भमा महिलाको हक अधिकार सुनिश्चित गर्न संविधानमा गरिएका संवैधानिक, कानुनी र संरचनागत व्यवस्थाहरूको कार्यान्वयन हुने क्रममा राज्यका निकाय तथा सार्वजनिक क्षेत्रमा महिलाको सहभागितामा भएको उल्लेख्य वृद्धिले महिलाको राजनीतिक, सामाजिक तथा आर्थिक भूमिका थप प्रभावकारी हुँदै आएको छ । "-आज उहाँले जारी गर्नु भएकाे सन्देशमा भनिएकाे छ ।

,यस दिवसले नेपालको संविधानले गरेको व्यवस्था र अन्तर्राष्ट्रिय मञ्चहरूमा व्यक्त गरेका प्रतिबद्धताहरू पुरा गर्न साथै सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा नेपाली महिलाको सुरक्षा, सम्मान र हक अधिकार सुनिश्चित गरी लैङ्गिक समानतायुक्त राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने उहाँले विश्वास व्यक्त गर्नु भएकाे छ ।