धरान /  पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम राख्न नसकेकोमा प्रदेश सरकारको आलोचना गर्नु भएको छ । 

गृहजिल्ला झापामा प्रेस चौतारी नेपाल प्रदेश १ को अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले कोशी सम्भ्यता भएको र त्यहीको पानीबाट सिञ्चित भएकोले नाम कोशी राख्न नसक्ने सरकार काम नलाग्ने बताउनु भयो । ऐतिहासिक सभ्यता र पहिचान हुने नाम कोशी हुदाहुदैं पनि सरकारले नाम राख्न डराउन दुखद भएको उहाँले बताउनु भएको थियो । घुमाउरो भाषामा कोशी प्रदेश नाम राख्नु पर्ने उहाँको धारणा रहेको थियो । 

नेकपा एमालेले कुनै नाममा दावी नगरी रहेको बेला अध्यक्ष ओलीले भने कोशी नाम राख्न सुझाएका हुन ।  प्रदेशको नाम कुनै जात, थर बिशेष भन्दा पनि साझा पहिचानको लागि कोशी राख्नु उत्तम हुने उहाँको भनाई छ ।

अध्यक्ष ओलीले सभ्यताको पहिचान नै उपयुक्त र साझा हुने भन्दै कुनै भ्रममा नपरी प्रदेशको नामकरण कोशी गर्न सुझाव पनि दिनु भयो ।  चौतारीको अधिबेशनले अभिजाल विष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुमन पुरी, महिला उपाध्यक्षमा शुष्मा श्रेष्ठ, महासचिवमा गोपाल झापाली सचिवमा गणेश उप्रेती र रविन श्रेष्ठ र कोषाध्यक्षमा युवराज विवसलाई चयन गरिएको छ ।