धरान / नेपालकै सर्वाधिक धावकहरु सहभागी भएर हुने  १० औं धरान रन नेवा च्यारिटी १० किमी २०७८ दौड प्रतियोगिता शनिवार धरानमा हुदैं छ । 

धरान रनका अध्यक्ष रमु राईले समपूर्ण तयारी पुरा भएको जानकारी दिनु भएको छ ।  प्रतियोगिता फागुन २१ गते शनिबार आयोजना हुदैछ । यो १० औं सँस्करण भएकोले विगतको भन्दा फरक र भव्य तरिकाले आयोजना गर्न लागिएको अध्यक्ष राईले बताउनु भयो । 

 प्रतियोगितामा देश विदेशका गरि ४ हजारको संख्यामा धावकधाविकाहरु सहभागी हुने छन् । भारत, बेलायत, हङकङलगायत देशहरुबाट धावकहरु आइसकेको उहाँले बताउनु भयो ।  छन् । नेपालकै पनि चर्चित धावकहरु बैकुण्ठ मानन्धर, मिरा राई पनि सहभागी हुने बताइएको छ । 

 यसपटक  ह्विल चेयर रेस पनि आयोजना गरिन लागिएको छ ।  नेपालको राष्ट्रिय झण्डा बोकेर विश्वरभर नेपालाई चिनाउने झण्डा अभियानकर्ता लक्ष्मीनारायण शिल्पकारको कार्यक्रममा उपस्थिति रहने पनि अध्यक्ष राईले जानकारी दिनु भएको छ ।  यस्तै, खाली खुट्टा दौडने भारत, जलपाईगुडीका सुन्दर जयसवाल पनि भारतीय झण्डा बोकेर दौडने कार्यक्रम रहेको छ ।  

 खुल्ला समुहमा महिला र पुरुषतर्फ प्रथम, दोस्रो, तेस्रो हुनेले क्रमशः नगद ६० हजार, ५० हजार र ३० हजार पाउनेछन् । १२ बर्ष मुनिका प्रथम, दोस्रो, तेस्रो हुनेले क्रमशः नगद ७ हजार, ५ हजार, ३ हजार पाउनेछन् । यस्तै, १२ देखि १६ बर्षभित्रका प्रथम, दोस्रो, तेस्रो हुने र ४० बर्ष माथि भेट्रायन दौडका प्रथम, दोस्रो, तेस्रो हुनेले पनि ७ हजार, ५ हजार र ३ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । 

सामुहिक दौड प्रतियोगिता विदेशमा मात्र लोकप्रिय छ । नेपालमा पहिलो पटक धरानबाट शुरु गरिएको हो ।