विराटनगर  / नेपाल पत्रकार महासंघ प्रदेश १ समितिले  आ।र्थिक बर्ष २०७८÷२०७९ को बजेटमार्फत सबै पत्रकारहरुलाई निःशुल्क स्वास्थ्य उपचार गर्ने सरकारको घोषणा तत्काल कार्यान्वयन गर्न माग गरेको छ ।  समितिको पूर्ण बैठक विहीबार यस्तो माग गरेको हो । 

नेपाल सरकारले नेपाल पत्रकार महासंघको माग सम्वोधन गर्दै जेष्ठ पत्रकारलाई जीवनबृत्ति, द्वन्द्वपीडित पत्रकारका सन्तानलाई छात्रबृत्तिसहित जीवनवृतिका लागि भत्ता दिने निर्णयलाई स्वागत गर्दै यसको सहज र सरल रुपमाा कार्यन्वयन गर्न आग्रह पनि गरेको छ । 

समितिका अध्यक्ष लिलावल्लभ घिमिरेको अध्यक्षतामा बसेको बैठकले प्रदेश १ सरकारले बनाउन लागेको मिडिया कानूनलाई प्रेस स्वतन्त्रताको प्रबद्र्धन गर्ने, पत्रकारहरुको हित अनुकुल र प्रदेशले मिडियाको क्षेत्रमा गर्नुपर्ने सबै काम गर्नसक्ने गरी निर्माण गर्न प्रदेश सरकारको ध्यानाकर्षण समेत गराउने निर्णय गरियो ।

यस्तै महासंघले स्थानीय तहहरुले बनाउने मिडिया कानुन मिडियामत्री छन् छैनन् भने र अध्ययन गर्ने र नभए मिडियामैत्री सञ्चार कानुन बनाउन दवाव दिन  मिडिया कानुन अध्ययन कार्यदल समेत गठन गरेको छ । कार्यदलको संयोजकमा समितिका उपाध्यक्ष दभदेव ढुङ्गानालाई जिम्मेवारी दिएको छ ।  कार्यदलको सदस्यहरुमा लिलाराज झापाली, लिला सुनुवार, माला पालुङ्वा, सुरेन्द्र भण्डारी र गोपाल पोखरेर रहनु भएको समितिका महासचिव विवेक गौतमले जानकारी दिनु भयो । 

बैठकले विभागहरुलाई समेत पूर्णता दिएको छ । महासचिब विवेक गौतमको नेतृत्व र सचिवहरु देवेन्द्र कार्की र सन्तोष यादव सदस्यहरुको संगठन विभागमा हिमाकुमारी चेम्जोङ, तोयानाथ भट्टराई, विनु तिम्सिना र ध्रुब भट्टराईलाई थप गर्ने निर्णय गरेको छ ।

यस्तै पत्रकारहरुको क्षमता विकासका लागि आवश्यक तालिमहरुको योजना निर्माण र संयोजन गर्न सचिब देवेन्द्र कार्कीको संयोजकत्वमा तालिम संयोजन विभाग गठन गरिएको छ ।  समितिमा सुशिला पाठक, यमन दनुवार, सुमन गुरागाई, सन्तवीर लामा र विनोद घिमिरेलाई राखिएको छ ।

विधान अनुसार नयाँ सदस्यताको आवेदन खुल्ला गर्दै सबै जिल्ला शाखाहरुलाई सोही अनुसार प्रक्रिया अगाडि बढाउन परिपत्र गर्ने निर्णय गरिएको महासचिव गौतमले बताउनु भयो । २०७८ सालको सबै सदस्यहरुको नविकरणको काम तत्काल सम्पन्न गरि प्रदेशमा पठाउन शाखाहरुलाई परिपत्र समेत गरेको छ । 

प्रदेश समितिले आफ्नो वेवसाइट निर्माण गरेर सदस्यताका लागि आवेदन, नविकरणलगायतका ेअभिलेख डिजिटल प्रणालीबाट व्यवस्थापन गरिएको छ । केही दिनमा वेवसाइट लाइभ गरिने महासचिव गौतमले बताउनु भएको छ । प्रदेश १ गरिका मिडियाबारे जानकारी, पत्रकारहरुको विवरण अभिलेखिकरण गरिने उहाँले बताउनु भयो । 

No photo description available.