धरान / धरान १८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा एक महिलाको शव भेटिएको छ । होटलको कोठा नं. १०९ मा होटलको कर्मचारीले सफा गर्ने क्रममा देखे पछि प्रहरीलाई खवर गरेका थिए । 

मृतक महिला इटहरी ५ मा डेरा गरी बस्ने ३९ बर्षीया सुमित्रा तामाङ भएको प्रहरीले जनाएको छ । उनको साथमा नागरिकता भेटिए पछि ठेगाना पहिचान भएको हो । उनी भारतीय सेनाबाट अवकाश पाएपछि ब्रुनाईमा भएको बताइको छ ।  

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार उनको एक छोरा र छोरी रहेका छन् । दुई दिन अघिदेखि उनीसँग एक पुरुष रहेको पत्ता लागेको छ । उनको खोजी भइरहेको डिएसपी कुँवरले बताउनु भयो । उनको शरिरमा चोट लागेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

एनको घर पाँचथरको मिक्लाजुङ गाउँपालिका १ रहेको उनको मतदाता परिचयपत्रबाट खुलेको छ । ४ बर्षदेखि इटहरी बस्दैं आएको प्रहरीले जनाएको छ । मृतकको ब्यागमा भेटिएको अन्य कागजपत्रको आधारमा प्रहरीले परिवारमा सम्पर्क गरेको थियो ।