धरान  /  मुख्य राजमार्गलाई  राजमार्गवाट वाइपास गर्न मिल्ने गरि इटहरी क्षेत्रमा बनाइएका पुलको आज उद्घाटन गरिएको छ । 

तीन वटा पूल मध्य दुर्ई वटा पूलको पूर्वमुख्यमन्त्री समेत रहनु भएका नेकपा एमाले स्थायी कमिटी सदस्य भीम आर्चायले उद्घाटन गर्नु भएको छ । इटहरी वडा नम्वर ५ र १७ को सिमानामा रहेको सुकुम्मारी  खोलापुल र वडा नम्वर ४ स्थित टेंग्राखोला पुलको एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । 

वडा नम्वर ४ स्थित टेंग्राखोला पुलवाट सवारी साधन चौक नआई धरान तर्फ जान र सुकुमारी खोलापुल हुदै पश्चिम जान वाइपास हुन सक्ने पुल हुन । यि पुल सञ्चालनमा आए पछि इटहरी चोकमा हुने अत्याधिक भीडको चाप कम हुने छ । 

पुल उद्घाटन गदैं प्रदेश १ का प्मुख प्रतिपक्ष दलका नेता समेत रहनु भएका आचार्यले  इटहरीमा भइरहेको विकास निर्माणका कार्यको प्रशंसा गर्नु भयो । 

विकास निर्माणमा कसैले राजनीतिक गर्न नहुने बताउनु भयो । सबै मिलेर आफ्नो ठाउको विकासमा एक भएर काम गर्नु पर्ने उहाँको भनाई थियो । 

‘निर्वाचनका प्रतिष्पर्धा र  निर्माणमा एकता आजको आवश्यकता भउको उहाँको भनाई थियो । 

कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले इटहरीले भौतिक पूर्वाधार निर्माणमा फड्को मारेको बताउनु भयो । उहाँले ४२ किलोमिटर वाहिरी चक्रपथ निर्माणका लागि उपमहानगरले तयारी गरिरहेको पनि बताउनु भयो ।  वाहिरी चक्रपथ चाडै आरम्भ गर्न संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराउन आर्चायलाई आग्रह पनि गर्नु भएको छ । 

नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहनु भएकी उपप्रमुख लक्ष्मी गौतमले इटहरी उपमहानगरपालिकाले गत आर्थिक वर्ष भित्रमा ७० वटा पुल कल्भर्ट वनाइसकेको जानकारी दिनु भयो । आफूहरुको कार्यकाललाई पूर्वाधार निर्माणको स्वर्णीम काल वनाउने उहाँले बताउनु भयो । 

 सुकुमारी खोलापुल उदघाटन कार्यक्रम वडा नम्वर ५ का अध्यक्ष कल्याण वहादुर कार्की र टेंग्राखोला पुल उदघाटन वडा नम्वर ४ का वडाध्यक्ष चन्द्र भटटराईको अध्यक्षतामा भएको थियो ।