सुनसरी  / १३ बर्षीय बालकलाई अपहण गरेको आरोपमा इनरुवा–१० जाल्पापुरका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । 

यही फागन १४ गते सुनसरी हरिनगर – ६ इसराईल कामतवाट सोही स्थानका शिवचरण मेहताको छोरा धिरजकुमार मेहतालाई भारतइि मोटरसाईकलमा चढाई अपहरण गरि लागेको अवस्थामा प्रहरीले गेको भन्ने जानकारी प्राप्त हुन साथ प्रहरी चौकी भुटाहाको टोलीइन्जात मिँयालाई पक्राउ गरेको हो । 

सासँझ ७ बजेको समयमा हरिनगर ( १ रामनगर भुटाहा भित्री सडकखण्डमा ती बालकलाई इन्जात मियाले को २६प ४२२४ नं को मोटरसाईकल प्रयोग गरि अपरहण गरेर लगेको विच बाटोमा माृटरसाइकल रोके पछि त्यही मोटरसाइकल लिएर ती बालक भागेकोे जिल्ला प्रहरी कार्यालय इनरुवाका एसपी सञ्जयसिंह थापाले जानकारी दिनु भयो । सुनसरी हरिनगर - १ रामनगर भुटाहा स्थित भित्री सडक खण्डमा आई पुग्दा सो मोटरसाईकलको तेल सकिएको थियो । निजलाई पछ्याउँदै भारतिय  BR 38 U 3799   नं काे पल्सर मोटरसाईकलमा आएका मिँयालाई तत्काल प्रहरीले फेला पारी पक्राउ गरेको एसपी थापाले बताउनु भयो । 

मिया विरुद्द मुलुकी फौजदारी अपराध संहिता – २०७४ को परिच्छेद १७ अनुसार “अपहरण तथा शरिर वन्धक” सम्वन्धि कसुरमा सुनसरी जिल्ला अदालतवाट ५ दिनको म्याद थप गरि अनुसन्धान शुरु गरिएको एसपी थापाले जानकारी दिनु भएको छ ।