धरान  / संघीय प्रहरी इकाई कार्यालय धरानको गेटै अगाडीबाट मोटर साइकल हराएको छ ।  फागन १० गते धरान–१३ स्थित संघीय प्रहरी इकाई कार्यालयको गेट अगाडीको घरबाट को ३० प ११७९ नं. को रातो रंगको पल्सर हराएको हो । 

धनकुटाको डाँडाँ बजार ९ घर भएका सुजन इर्लामी मगरको रातीको समयमा अधिकारी निवासबाट हराएको हो । 

अगाडी नै संघीय इकाई प्रहरी गेटमा ड्ण्ुटीमा रहेका हुन्छन् । तर १० मिटरको फरकमा रहरेको प्रहरीले मोटरसाईकल हराएको पत्तै नपाएको घर धनी इशा अधिकारीले बताउन भयो । हराएको भोली पल्टै इलाका प्रहरी कार्यालय धरानमा खोजीको लागि उजुरी दिए पनि प्रहरीले वेवास्था गरेको सवारी धनी सुजनले गुनासो गर्नुु भयो । सो क्षेत्रमा सिसि क्यामेरा राखिएको भए पनि सिसि क्यामेरामा प्रष्ट नदेखिएको उहाँले बताउनु भयो । ‘प्रहरीको नजरमै गर्ने स्थानबाट चोरी भयो ।  खोजीका लागि निवेदन दिदासमेत प्रहरीले खासै वास्ता गरेनन् ।’–सुजनले भन्नु भयो ।