धरान / प्रेमीसँग मिलेर आफ्नै श्रीमानको विभत्स हत्या गरि शरीर टुक्रा जंगलमा फाल्ने युवती र उनका प्रेमीलाई पक्राउ गरि प्रहरीले मगलबार साँझ सार्वजनिक गरेको छ । 

हत्या गरिएका दिनेश सिग्देलकी कान्छी श्रीमति ३० बर्षीया अनिता केसी र उनका प्रेमी २९ बर्षीय सरोज भण्डारीलाई सोमबार राती नियन्त्रणमा लिएर मंगलबार साँझ सार्वजनिक गरेको हो ।  

चुलाचुली बाँझो घर भएका दिनेशले १० बर्षअघि अनितासँग दोस्रो विवाह गरेको प्रहरीले जनाएको छ अनिताको माइती घर सुनसरीको बराहक्षेत्र १० प्रकाशपुर रहेको छ । उनको साथमा ७ बर्षीय छोरी पनि छिन् । 

अनिताका प्रेमी सरोज भण्डारी  विराटनगर महानगरपालिका ४ इक्राही टोलका हुन । उनी सिटी सफारि चलाउने समान्य नागरिक हुन । विवाहित भए पनि श्रीमतिसँग सम्बन्ध विच्छेद गर्ने तयारीगरि रहेको पाइएको प्रहरीले जनाएको छ ।  

दिनेश टाटवीर पेट्रोलियम कम्पनिमा  सेक्युरिटी गार्डको काम गथ्र्ये । कम्पनीमा १५ दिनको विदा लिएर पुस २० गते नेपाल आएको र भोलीपल्ट विराटनगर आएर होटलमा बसेर र  २२ गते बेलुकी उनीहरुको डेरा रहेको विराटनगर ३, पिपल चोक बसेको र सोही राती उनको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका डिएससपी सञ्जयसिंह थापाले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।   

पुस २२ गते राती दिनेश र अनिताबीच विवाद भएको थियो । उनीहरुको योजना अनुसार सरोज भण्डारी केही समयमा आएका थिए । केही बेर कुुराकानी गरि परिबन्दमा पारि सरोजले ल्याएको गलबन्धीले घाँटीमा कसेर दुवै मिलेर हत्या गरेको एसपी थापाले जानकारी दिनु भयो । दिनेश रक्सीको नसामा भएको पनि खुलेको छ । सो दिन शव त्यही कोठामा छाडेर भोलीपल्ट ४ हजारमा ग्रेण्डर मेशिन, जेब्रा झोला, पोलेथिनलगायत समान ल्याएको र  लाश काटेर टुक्रा टुुक्रा बनाएर झोलामा हालेका थिए । पुस २३ गते साँझ  टेम्पो भाडामा लिएर धरान भेडेटार सडकखण्डमा फालेको अनुसन्धानबाट खुलेको छ । सो दिन उनीहरु भेडेटार होटलमा बसेर विहान विराटनगर फर्केका थिए । 

अनिता र सरोजको सम्बन्ध गाडा बनेको र उनीहरुको सम्बन्धमा दिनेश काँडा बन्ने भए पछि उनीहरुले योजनाबद्ध हत्या गरेको एसपी थापाले बताए ।  अनिताले श्रीमानले पठाएकाे पैसाले माेजमस्ती गर्दै आएकी थिइन् । सराेजलाई एक लाख सापटी  दिएकी थिइन । थप ७५ हजार उनलाई दिने याेजना थियाे तर अचानक दिनेश  नेपाल आए पछि दुवै  मिलेर हत्या गरेकाे खुलेकाे छ ।  ६ महिनादेखि उनीहरुसँगै बस्दै आएकाे समेत खुलेकाे छ ।

गएको बुधबार र बिहिबार धरान ४ को आपगाँछी क्षेत्र जंगलमा २ वटा जेव्रा झोलामा पुरुषको शरीरको विभिन्न भागहरु काटेर फालेको अवस्थामा भेटिएको थियो । शव पहिचानका लागि प्रहरीले स्केच तस्विर सार्वजनिक गरेको थियो । दिनेशको नागरिकता इलाम र राहदानी झापाबाट निकालिएको पाइएको छ ।  झापाको दमक–५ ठेगाना खुलेको इलामको चुुलाचुली–५ बाँझो रहेको वडाध्यक्ष थापाले बताउनु भयो । उनको शव जेठी श्रीमति निर्मला सिग्देलले पहिचान गर्नु भएको थियो ।