धरान / कोशी राजमार्ग अन्तर्गत धरान–धनकुटा सडक खण्डमा पर्ने धरान ४ स्थित आपगाछी क्षेत्रको जंगलमा भेटिएका दिनेश सिग्देललाई कान्छि श्रीमति र उनको प्रेमीले हत्या गरेको खुुलेको छ ।
इलामको चुलाचुली गाउँपालिका बाँझो –५ घर भएका सुरेन्द्र सिग्देलका ४३ बर्षीय छोरा दिनेशको मोरङको पिपलबोट भन्ने स्थानमा पुस २२ गते हत्या भएको उनकी जेठी श्रीमति जेठी श्रीमति निर्मला सिग्देलले जानकारी दिनुु भयो । शुरुमा दिपक भनेर सूचना आए पनि उनकाे वास्ताविक नाम दिनेश भएकाे खुलेकाे छ ।
यसरी भएको थियो हत्या
जेठी श्रीमति निर्मलाका अनुुसार दिनेश बहराइन जानु भएको थियो । १० बर्ष अघि कान्छि अनितासँग विवहा गरेका थिए । दोश्रो विवहा पछि तराई झरेर बस्दै आएका थिए । पछिल्लो समय पुस २० गते जनवरी ४ तारिकमा उनी नेपाल आएका थिए । उनलाई काठमाडौ लिन कान्छि श्रीमति अनिता पुगेकी थिइन । श्रोतका अनुसार अनिताको अर्का प्रमि थिए । ती प्रमिका श्रीमतिले दिनेशलाई फोन गरेर कान्छि श्रीमति मेरो श्रीमानसँग लागेकी छ । घर व्यवहार के छ आएर मिलाउनु भन्ने सूूचना दिए पछि दिनेश नेपाल आएको बुझिएको चुलाचुली गाउँपालिका ५ नं. वडाका वडाध्यक्ष चन्द्र थापाले जानकारी दिनु भयो । दिनेश नेपाल आउने कुरा भए पछि अनिता र उनका प्रमि मिलेर हत्या गर्ने योजना बनाएको देखिएको छ ।
उनी पुस २० गते काठमाडौ आएका थिए । पुस २२ गते घर अनितासँगै आएका थिए । उनी आएको छिमेक तथा परिवारमा कतै थाहा दिइएको थिएन । २२ गते राती बेहोस पार्ने औषधी खुुवाएर बेहोस बनाई घाटी थिचेर मारेको पाइएको जेठी श्रीमित निर्मलाले बताउनु भयो । हत्या गरि सके पछि मेसिन प्रयोग गरि टुक्रा टुक्रा पारी झोलामा हालेर धरानमा लगेर फालेको पाइएको उहाँले बताउनु भयो ।
शब पहिचान पछि हत्यामा संलग्न भएको आरोपमा कान्छि श्रीमति र उनका प्रमि भनिएका एक पुरुषलाई प्रहरीले पक्राउ गरिसकेको छ । अनुसन्धान कै क्रममा रहेकाले प्रहरीले नाम भने सार्वजनिक गरेको छैन् । आजै साँझसम्ममा पत्रकार सम्मेलन गरेर घट्नाबारे सार्वजनिक गर्ने इलाका प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिनु भयो ।
गएको बुधबार र बिहिबार धरान ४ को आपगाँछी क्षेत्र जंगलमा २ वटा झोलामा पुरुषको शरीरको विभिन्न भागहरु काटेर फालेको अवस्थामा भेटिएको थियो । शव पहिचानका लागि प्रहरीले स्केच तस्विर सार्वजनिक गरेको थियो । दिनेशको नागरिकता इलाम र राहदानी झापाबाट निकालिएको पाइएको छ । झापाको दमक–५ ठेगाना खुलेको छ । भने इलामको चुुलाचुली–५ बाँझो रहेको वडाध्यक्ष थापाले बताउनु भयो ।
        
                    
        
        
        
                                
                                                                        
        


        
        
        
        
        














